पहाडे वा मधिसे भावनाले मुलुकको उन्नती हुँदैन : बी.पी कोइराला
हाम्रो मुलुकमा ठुलो परिवर्तन आएको कुरा मैले भनिरहनुपर्दैन । धेरै कालदेखि एकतन्त्रीय सरकार समाप्त भएर प्रजातान्त्रीक सरकारको सुत्रपात भएको छ । यो परिवर्तनअति छोटो र अति ठुलो भएको हुँदा धेरैले यसको महत्व अझै बुझ्न सकेका छैनन् । यसो हुँदा राजनीतिक क्षेत्रमा भएको उथलपुलथ अनुरुप हाम्रो सोच्ने प्रणालीमा परिवर्तन नआएको बुझिन्छ । हाम्रो मनोवृति राजनीतिक परिवर्तन भन्दा पहिलेको जस्तै रह्यो भने हामीले लाग्न चाहेको प्रजातान्त्रीक बाटोमा कयौं रोकावट आउछन् । सवैभन्दा पहिले हामीले भित्रि ह्दयदेखि नै एकतन्त्री हुकुमी राज्यबाट स्वतन्त्र भएको अनुभव गर्न थाल्नुपर्छ । हाम्रो सोच्ने प्रणाली स्वतन्त्रता प्राप्त गरेको मानिसको जस्तो हुनुपर्छ । यथार्थमा अनिमात्र हालै भएको राजनीतिक परिवर्तनको महत्व हुन्छ ।
मेरो भनाईको तात्पर्य के हो भने हामीले स्वतन्त्रता पाएपछि त्यो स्वतन्त्रता उपभोग गर्न आफ्नो जिम्मेवारी पनि बहन गर्नुपर्छ । एकतन्त्रीय सरकार हुँदा हाम्रो कर्तब्य थियो, एउटा जिम्मेवारी थियो । त्यो जिम्मेवारी भनेको एकतन्त्रीय सरकारलाई अबिलम्ब समाप्त गर्नुथियो । तर स्वतन्त्रता प्राप्त भएपछि अब हाम्रो कर्तब्य अर्कै हुन जान्छ । त्यो जिम्मेवारी भनेको प्रात भएको स्वतन्त्रतालाई बचाउनु, प्रजातान्त्रीक बाटोपट्टी जान थालेको समाजलाई शान्तिपुर्ण रुपमा अगाडि बढ्नदिनु हो । प्रजातन्त्रमा बिरोधी दल खडा हुन्छन् हुनु पनि पर्छ । तर विरोधी दल खडा हुनुको आधार व्याक्तीगत द्धेष र स्वार्थ हुनुहुदैन । यस तरिकाबाट सोचेर आफ्नो बाटो पहिल्याउनुपर्छ । विरोध गर्दा पनि बुद्धिमानीपुर्ण तरिका अपनाउनुपर्छ । जाति जाति, सम्प्रदाय सम्प्रदायमा हिंसाको भावना जगाएर, विरोधी भावना ल्याए देशमा अशान्ति ल्याएर सरकारलाई बदल्ने प्रयत्न गरियो भने प्रजातन्त्र ल्याएर देशमा अशान्ति ल्याएर सरकारलाई बदल्ने गरियो भने प्रजातन्त्र कहिल्यै स्थापना हुँदैन । सम्पदायिक विषेशको भावना लिएर गरिने हिंसा र गुप्त संगठनबाट एकतन्त्रीय प्रणाली स्थापना हुनछ । यो कुरा हामीले प्रष्टसंग भन्नैपर्छ । विभिन्न दल बन्नु आवश्यक भएको कुनै आधार देखिदैन । सवैभन्दा पहिलो हामीले नयाँ नयाँ पार्टी बन्नु आवश्यक छ कि छैन भन्ने बुझेर जिम्मेवारीका साथ सोच्न पर्छ । कुनै आधारमा नयाँ पार्टी बन्नु आवश्यक छ भने मात्र दल खडा गरेको खण्डमा राजनीति पार्टीहरु जिम्मेवारीका साथ काम गर्दछन् र दलहरुमा प्रजातान्त्रीक वातावरण कायम रहनछ ।
अन्तरिम सरकार गठन भएको धेरै भएको छैन । यस सरकारले विभिन्न कठिनाईका बीच काम गर्नुपरेको छ भन्ने कुरा तपाईहरुलाई थाहा नै तथापि कठिनाई रहेपनि देशको कल्याणका लागि सरकारले गर्नुपर्ने काम भइरहुन भन्ने प्रयत्न हामी गरिरह्यौ । हामीले एउटा कुरा बुझ्नुपर्छ । पुर्ण प्रजातन्त्र त्यस समयमा मात्र आउछ, जब बालिग मताधिकारबाट चुनिएका प्रतिनीधि रहेको बिधान परिषदले देशको बिधान तयार पार्छ । यो अन्तरिम सरकारको जिम्मेवारी र बिधान परिषदको चुनाव अविलम्ब बोलाउनु हो । यसका निमित्त देशमा शान्ति रहन र सरकारको शान्तिपुर्वक आफ्ना काम गर्नु पाउन आवश्यक छ । देशमा अशान्ति रह्यो भने विधान परिषद बन्ने अवधि पनि लम्बिदै जान्छ ।
यद्यपी हाम्रो यस सरकारको पहिलो र मुख्य जिम्मेवारी भनेको विधान परिषदका निम्ति छिट्टै चुनाव गर्नु भए पनि तबसम्म हाम्रो जिम्मेवारी दैनिक सरकार चलाउनुपनि हो । दुई वर्षका लागि हाम्रो जिम्मामा प्रशासन रहेको छ । यस दुई वर्षका लागि अर्थात अन्तरिम सरकारको सवैभन्दा पहिलो कालका लागि कस्तो बिधान राख्ने भन्ने विषयमा समेत छलफm भएर एउटा विधान तयार भइसकेको छ । त्यो बिधान छिट्टै सार्वजानिक हुँदैछ । त्यस्तै जनताको भलाईका लागि आर्थिक कार्यक्रम पनि बनिरहेकाु छ । सरकारी कर्मचारी पल्टनका सिपाहीका लागि पनि सरकारले विषेश ध्यान दिइरहेको छ । पल्टनका सिपाही भलाईका निम्ति बसोबासको व्यवस्था र तलबबृद्धि गर्ने प्रवन्ध हुँदैछ । अरु जागिरदारको लागि पनि त्यस्तो किसिमको बन्दोबस्त हुँदैछ ।
बुझ्न पर्ने कुरा के हो भने हामीले पुरानो प्रणालीलाई समाप्त पारेर नयाँ प्रणालीमा गोलबन्द हुँदै जनतालाई भलाई हुने काम गर्नुपरेको छ । अन्तरिम सरकारले आफ्नो जिम्मेवारी बुझेर पनि गरिरहेको छ । तर सरकारले सधैभरि अशान्ति कै सामना गर्नु परिररह्यो भने हामी देशको उन्नतीको मार्गमा अगाडि बढ्न सक्दैनौ र सरकारको काम पनि अगाडि बढ्न सक्दैन ।
मैले अर्का एउटा कुरा पनि भन्नुछ ,। हामी नेपालमा बस्ने तमाम रैति दुनिया नेपाली प्रजा हौं । यो हाम्रो दे नेपाल सवै रैति– दुनियाको देश हो । सवै दाजुभाई हौं । हामी पहाडमा बस्ने भएपनि मधेशमा बस्ने भएपनि नेपालको चारभन्जाङ भित्र बस्ने भएपनि हाम्रो एउटै मुलुक हो । हामी एउटै माटोको मानिस हौ ।
हाम्रो देश राम्रो छ । हाम्रो देशमा थरिथरिका मानिस बस्तछन् । यहाँ थरिथरि जातका मानिस छन । हामी सवैमा देशको ममता हुनुपर्छ । हामीले पहाडेर वा मधिसे भन्ने भावना ल्यायौं भने हाम्रो मुलुकको उन्नती हुदैन । मुलुकका एउटा नाउजस्तो हो । त्यसमा चढेर मानिसहरु नदि तर्छन । डुङ्गा चढेका मानिसहरु आपसमा लड्न थाले भने कस्तो गति हुन्छ ? डुङ्गा डुब्यो भने को बाँच्छ ? त्यस्तै, हामी रैति दुनिया पनि आपसमा लड्यौं भने मुलुक विग्रन्छ र मुलुक विग्रीयो भने हाम्रो दुर्दशा हुन्छ ।
(२००८ साल फागुनमा गोरखापत्रमा प्रकाशित वीपीको बिचार)