समाचार

सांसदहरुको माग ‘गुठी संस्थान र नेपाल ट्रस्ट खारेज हुनुपर्छ’

काठमाडौं÷ सांसदहरुले गुठी संस्थान र नेपाल ट्रस्ट खारेज गर्न सरकारसँग माग गरेका छन्। बिहिबार बसेको संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा दफावार छलफलमा भाग लिँदै सांसदहरुले यस्तो माग गरेका हुन । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन ।उनले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन पनि सरकारको ध्यानाकर्षण गराएका हुन ।
सांसद सुवालले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराए। नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको भनाई छ ।सांसद पार्वत गुरुङले भूमिहिनहरुको समस्या समाधानका लागि ‘विशेष आवास क्षेत्र’ को व्यवस्था गर्न सरकारसँग माग गरे।उनले सुकुम्बासी समस्या समाधानको नाममा हुने वन क्षेत्रको विनाश रोक्न पनि सरकारलाई सचेत गराए।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button