समाचार

कालिकोटका ९ वटै स्थानीय तहमा सुरक्षा ब्यवस्था कडा

१४ असार, काठमाडौैँ÷ कालिकोटका ९ वटै स्थानीय तहमा सुरक्षा व्यवस्थालाई कडा पार्न प्रहरी परिचालन गरिएको छ । गत मंगलबार राती जिल्लाको नरहरीनाथ गाँउपालिकाको कार्यालय विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जलाएपछि सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो । विप्लव नेतृत्वको नेकपाले जिल्लाका स्थानीय तहलाई लक्षित गरी सार्वजानिक सम्पत्तिमा क्षती पुर्‍याउने गतिविधि गर्न थालेपछि त्यसविरुद्ध प्रहरी परिचालन गरिएको हो । नेकपाले यही असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन कालिकोटका स्थानीय तहहरुले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याउन गाँउसभा तथा नगरसभाहरु संचालन गरेको भन्दै विप्लव समुहले आक्रामक रुपमा गाँउपालिका जलाउन थालेपछि जिल्ला प्रहरी कार्यालयले हरेक स्थानीय तहमा प्रहरी परिचालन गरेको हो । जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माले जिल्लाका हरेक स्थानीय तहमा एक जना असइको नेतृत्वमा एक जना हवलदार र ४ जना जवान गरी ६÷६ जनाको टोली २४ सै घण्टा सुराक्षार्थ खटाइएको बताए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button