समाचार

सोमबार बस्ने भनिएको संसद बैठक स्थगित

काठमाडौं– सोमबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
अबिरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै संसद वैठक आगामी श्रावण ८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।
प्राकृति विपत्तिमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्‍याउन, वेपत्ता परिवारको खोजी, उद्दार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्न सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्र तथा जिल्लामा जान समय दिनुपर्ने भएकाले सोमबार बैठक स्थगित गरिएको संघीय संसदमा महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button