विश्व
अफगानिस्तानमा कार बम विस्फोट, कम्तिमा ९५ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतंककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तिमा ९५ जना घाइते भएका छन्।
अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा गरिएको थियो। यसैबीच आज पुनः भीषण कारबम विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनलाई लक्षित गर्दै विस्फोट गराइएको बताइएको छ।
घाइतेहरुमा महिला र बालबालिकाको संख्या बढी रहेको र उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।
विस्फोटबाट एक किलोमिटर सम्मका करिब २० पसलहरुमा प्रभाव परेको छ। यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ।
केही हप्ता अघि पनि काबुलमा प्रहरी चौकी लक्षित गर्दै बम विस्फोट गराइएको थियो।
