breakingनेपाली कांग्रेस

नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६

नेपाली कांग्रेसको २०७६ श्रावण १७ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले १३ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको स्थानीय संरचनालाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७२ (४) अनुसार संघीय राज्य संरचनामा व्यवस्था भएको संरचना अनुरुप रुपान्तरण गर्ने निर्णय भए अनुसार पार्टीको स्थानीय संगठनको समायोजन र गठन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७६ श्रावण २६ गतेको बैठकले यो निर्देशिका सर्वसम्मतिले पारित गरेको छ ।
पार्टीको स्थानीय संगठनको समायोजन र गठन सम्बन्धी मापदण्ड
१. नेपालको संविधान बमोजिम् स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात् सीमाकंन हेरफेर नभई यथावत कायम रहेका वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका र प्रतिनिधिसभा क्षेत्रमा कायम रहेका कार्यसमिति यथावत कायम रहनेछन् ।
साविक गाविसको गाउँ कार्यसमिति नै नगरपालिका वडामा रुपान्तरण भएमा साविकको कार्यसमिति नै रुपान्तरित नगर वडा कार्यसमिति हुनेछ ।
२. (क) नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात साविकका वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वा तत्कालीन प्रतिनिधि सभा÷व्यवस्थापिका–संसद निर्वाचन क्षेत्रको सिमावाट पूरै वा आंशिक भूभाग अन्य वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको भूगोलमा समायोजित (थपघट) भई सीमाकंन हेरफेर भई हाल नयाँ कायम भएका वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र बस्ने साविकका कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरु आफ्नो पदमा कायम रहनेछन् र पुनर्संरचनापछि बनेको नयाँ क्षेत्रभित्रको कार्यसमितिमा समायोजन हुनेछन् ।
(ख) साविकका गाउँ कार्यसमिति पुनर्संरचनामा परी साविकको नगरपालिकामा समायोजन भएको अवस्थामा ती वडा कार्यसमितिका सभापतिहरु नगर कार्यसमितिको पदेन सदस्य हुनेछन् ।
३. सिमाना हेरफेर भई हाल नयाँ कायम भएका वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका सभापतिको हकमा देहायबमोजिम हुनेछ ।
(क) पुनर्संरचनामा सीमाकंन परिवर्तन (हेरफेर) भई हाल कायम भएको क्षेत्रभित्र एक मात्र सभापति भएमा निज नै पार्टीको सम्बन्धित निकायको कार्यसमितिको सभापति हुनेछ ।
(ख) सीमाकंन हेरफेर भई नयाँ कायम भएका वडा÷गाउँ÷नगर÷उपमहानगर÷ महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई वा दुई भन्दा बढी सभापतिहरु भएको र निजहरुबीच एक जनालाई सभापति बनाउने गरी सहमति भइसकेको भए सोहि अनुसार हुनेछ । यसरी सहमति हुदा लिखित नगरेकोे भए सम्बन्धित तहका सभापतिहरुले सहमति पत्रमा हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत पार्टी केन्द्रमा पठाउनु पर्नेछ ।
(ग) सीमाकंन हेरफेर भई नयाँ कायम भएका क्षेत्र (भूगोल) भित्रका निकायमा दुई वा दुई भन्दा बढी सभापतिहरु भएको र उपरोक्त बूदाँ नं. ३ (ख) बमोजिम सहमति भएको छैन भने सभापतिहरुले आपसमा सल्लाह गरी सहमतिका आधारमा एक जना सभापति बनाउनेछन् । लिखित सहमति पत्रमा सम्बन्धित तहका सभापतिले हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत पार्टी केन्द्रमा पठाउनु पर्नेछ ।
(घ) वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिकामा उपरोक्त बूदा नं. ३ (ख) वा (ग) बमोजिम सभापति चयन हुन नसकेमा दुई वा दुई भन्दा बढी सभापतिहरुमध्ये वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिकाको हाल तोकिएको केन्द्रमा रहेको सभापति कार्यसमितिको सभापति हुनेछ ।
(ङ) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा उपरोक्त बूदा नं. ३
(ख) वा (ग) बमोजिम सभापति चयन हुन नसकेमा दुई वा दुई भन्दा बढी सभापतिमध्ये प्रतिनिधिसभा÷तत्कालीन व्यवस्थापिका–संसद क्षेत्रीय कार्यसमितिको सभापति पदमा बढी पदावधि (कार्यकाल) काम गरेको व्यक्ति कार्यसमितिको सभापति हुनेछ ।
४. उपरोक्त बूदाँ नं. २ वा ३ बमोजिम पनि हुन नसकेको अवस्थामा सभापतिको चयन देहाय बमोजिम हुनेछ ।
(क) साविकको वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वा तत्कालीन प्रतिनिधिसभा÷ व्यवस्थापिका–संसद निर्वाचन क्षेत्रको पुरै वा आशिंक भाग मिली नयाँ क्षेत्र बनेको हो सो एकिन गर्ने ।
(ख) पुनर्संरचना भई कायम भएको नयाँ क्षेत्रमा साविकको वडा÷गाउँ÷नगर÷तत्कालीन प्रतिनिधि सभा÷व्यवस्थापिका–संसद जुन क्षेत्रमा बढी संख्यामा पार्टीको क्षेत्रीय अधिवेशनका प्रतिनिधि छन्, सोहि क्षेत्रको सभापति कार्यसमितिको सभापति हुनेछ ।
(ग) नयाँ बनेको क्षेत्रमा समायोजन भएका साविकको वडा÷गाउँ÷नगर÷तत्कालीन प्रतिनिधि सभा÷व्यवस्थापिका–संसद क्षेत्रका दुई वा बढी क्षेत्रमा क्षेत्रीय अधिवेशन प्रतिनिधि बराबर संख्यामा भए ती क्षेत्र मध्ये जुन क्षेत्रको क्रियाशील सदस्यता संख्या बढी छ, सोहि क्षेत्रको सभापति समायोजित कार्यसमितिको सभापति हुनेछ ।
(घ) क्रियाशील सदस्यताको संख्या पनि बराबर भएमा सम्बन्धित सभापतिबीच गोला प्रथाद्वारा सभापति चयन गरिनेछ । निर्वाचन समितिको प्रतिनिधिले गोला तान्ने कार्य गर्नेछ ।
५. सीमाकंन हेरफेर भई नयाँ कायम भएको वडा÷गाउँ÷नगर÷उपमहानगर÷ महानगरपालिका वा प्रतिनिधिसभा निर्वाचन क्षेत्र (भूगोल) मा सभापति नभए देहाय बमोजिम गर्ने ।
(क) साविकको कार्यसमितिका पदाधिकारीमध्येवाट जेष्ठ पदाधिकारी सभापति बन्नेछ । समायोजन भएका अलग–अलग क्षेत्रबाट समान पदका पदाधिकारी आएमा साविकको क्षेत्रमा बढी क्षेत्रीय प्रतिनिधि भएको पदाधिकारी सभापति हुनेछ । पदाधिकारी नभए कार्यसमितिको उमेरले जेष्ठ सदस्य सभापति हुनेछ ।
(ख) नयाँ कायम भएको संरचनामा कोही पनि सभापति नभएको तथा एक भन्दा बढी पदाधिकारी समान पदमा रहेका कारण जेष्ठता निर्धारण हुन नसकी सभापति चयन हुन नसकेमा समान पदमा रहेका पदाधिकारीमध्येबाट सभापति चयन गर्नु पर्ने अवस्थामा माथि बुँदा नं. (४) मा लेखिए बमोजिमको प्रक्रियाबाट सभापति चयन गरिनेछ ।
(ग) पुनर्संरचनामा हाल नयाँ बनेको कुनै बडामा साविकको सभापति वा पदाधिकारी वा कार्यसमितिको सदस्य समेत नभएमा साविकको क्षेत्रीय अधिवेशनको प्रतिनिधि भए उमेरले जेष्ठ प्रतिनिधि र सो पनि नभए उमेरले जेष्ठ क्रियाशील सदस्य सभापति हुनेछ । यस्तो अवस्थामा सभापतिले वडा भित्रका क्रियाशील सदस्यहरुसंग सल्लाह गरी कार्यसमिति गठन गर्नेछ ।
६. प्रदेश सभा क्षेत्रीय कार्यसमितिको गठन देहाय बमोजिम हुनेछ ।
(क) जुन जिल्लामा साविकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र भई हाल एक कायम भएको छ सोमा साविकको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति सहित सम्पूर्ण कार्यसमिति प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा रुपान्तरित हुनेछ ।
(ख) साविकमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका जिल्ला सभापति बाहेकका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु सोहि प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन् । प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा सम्बन्धित क्षेत्रको जेष्ठ पदाधिकारी वा पदाधिकारी नभए कार्यसमितिको उमेरले जेष्ठ सदस्य सो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ ।
(ग) उपरोक्त बुदाँ ४ को (क) र (ख) बाहेकको (हाल पुनर्संरचनापछि दुई वा दुई भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम रहेको जिल्ला) अवस्थामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु सोहि प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुनेछन् । प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको साविकको सभापति (यो निर्देशिका बमोजिम समायोजन हुन नसकेको) उक्त प्रदेशसभा निर्वाचन क्षेत्रमा भए निज नै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति हुनेछ । निजले हुन मंन्जुर नगरेमा वा त्यस्तो सभापति नभएको खण्डमा पदाधिकारी मध्ये जेष्ठ पदमा रहेको र पदाधिकारी पनि नभएको खण्डमा उमेरले जेष्ठ सदस्य सभापति हुनेछ ।
(घ) नयाँ कायम भएको संरचनामा कोही पनि सभापति नभएको तथा एक भन्दा बढी पदाधिकारी समान पदमा रहेका कारण जेष्ठता निर्धारण हुन नसकी सभापति चयन हुन नसकेमा समान पदमा रहेका पदाधिकारीमध्येबाट सभापति चयन गर्नु पर्ने अवस्थामा माथि बुँदा नं. (४) मा लेखिए बमोजिमको प्रक्रियाबाट सभापति चयन गरिनेछ ।
७. नेपाल लोकतान्त्रिक फोरमको समायोजन बारे ः
यो निर्देशिका बमोजिम नेपाली कांग्रेसको स्थानीय तहहरुमा समायोजन गर्दा पूर्व नेपाल लोकतान्त्रिक फोरमको स्थानीय संगठन भएको स्थानमा संगठनको सभापति र आवश्यकतानुसार पदाधिकारीलाई अनिवार्य रुपमा छलफलमा सहभागी गराउने । पूर्व नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसको स्थानीय संगठनमा समायोजनको बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गठन गरेको समायोजन समितिले गरेको सिफारिशको आधारमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार स्थानीय संगठनमा समायोजन गर्ने ।
८. अन्य पार्टीबाट समायोजन बारे ः
यो निर्देशिका बमोजिम नेपाली कांग्रेसको स्थानीय तहहरुमा समायोजन गर्दा अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा समायोजन भएका पार्टीको स्थानीय संगठन भएको स्थानमा संगठनको सभापति र आवश्यकतानुसार पदाधिकारीलाई अनिवार्य रुपमा छलफलमा सहभागी गराउने । नेपाली कांग्रेसको स्थानीय संरचनाहरुमा समायोजन बारे समायोजन समितिले गरेको सिफारिशको आधारमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार स्थानीय संगठनमा समायोजन गर्ने ।
अन्य व्यवस्था
९. साविकको सभापति सह–सभापति हुने ः
साबिकको कार्यसमितिका सभापति यो समायोजन प्रकृयामा सभापति हुन नसकेमा वडा÷गाउँ÷नगरपालिका तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरु हाल कायम भएका सम्बन्धित कार्यसमितिका सह–सभापति हुनेछन् ।
१०. कार्यसम्पादन समिति गठन गर्ने ः
यो निर्देशिका बमोजिम समायोजन गरी पुनर्गठन भएको कुनै पनि तहको कार्यसमितिको संख्या पचास भन्दा बढी भएमा सम्बन्धित कार्यसमितिको बैठकले सबै पदाधिकारी सम्मिलित कार्यसम्पादन समिति गठन गर्नेछ ।
११. निर्देशिका बमोजिम समायोजन कार्यान्वयन गर्ने कार्यविधि देहाय बमोजिम हुनेछ ः
(१) यो निर्देशिका बमोजिम पार्टीको स्थानीय संगठनको पुनर्संरचना र समायोजन गर्न प्रत्येक जिल्लामा केन्द्रीय निर्वाचन समितिले एक जना प्रतिनिधि तोक्नेछ ।
(२) केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिले जिल्ला सभापतिसंग समन्वय गर्नेछ । जिल्ला सभापतिले समायोजन प्रयोजनकालागि केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिसंग समन्वय गरी जिल्ला कार्यसमितिको बैठक बोलाउनेछ । उक्त बैठकमा सम्बन्धित जिल्लाभित्रका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, संघीय संसदका सदस्य÷उम्मेदवार, पूर्व–मन्त्री, पूर्व–सांसद, पूर्व–पार्टी–सभापति र सबै साविक क्षेत्रीय कार्यसमितिका सभापतिलाई उपस्थित हुन अनिवार्य रुपमा सूचना दिनु पर्नेछ ।
(३) केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिले जिल्ला कार्यसमितिको बैठकमा यो निर्देशिका बमोजिम समायोजनको मापदण्ड र कार्यविधि बारे जानकारी गराउनेछ ।
(४) जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमा यो निर्देशिकाको अधिनमा रही जिल्लाभित्र हाल कायम रहेका सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र कार्यसमिति समायोजन गरी सो ब्यहोरा निर्णय पुस्तिकामा उल्लेख गरी सबै अभिलेख सबै मातहत तहमा पठाउनु पर्नेछ र उक्त अभिलेख केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत केन्द्रमा पठाउनेछ ।
(५) जिल्ला कार्यसमितिले समायोजन भई बनेको नयाँ कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई निर्णयको जानकारी गराउनेछ ।
(६) जिल्ला कार्यसमितिको बैठकले समायोजन भएका प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सम्बन्धित क्षेत्रमा नै बेग्ला बेग्लै दिन बैठक गर्ने निर्णय गरी सोको जानकारी सम्बन्धित सबैलाई गराउनेछ ।
(७) जिल्ला कार्य समितिले गरेको निर्णय बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक तोकेको समय र सम्बन्धित क्षेत्रभित्र तोकेको स्थानमा बस्नेछ । उक्त बैठक केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि र जिल्ला सभापतिको उपस्थितिमा हुनेछ । साथै, सो बैठकमा जिल्ला भित्रका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, संघीय संसदका सदस्य÷उम्मेदवार, पूर्व–मन्त्री, पूर्व–सांसद, पूर्व–पार्टी सभापति, सम्बन्धित क्षेत्रका महासमिति सदस्य, सम्बन्धित क्षेत्रका महाधिवेशन प्रतिनिधि निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा सदस्य÷उम्मेदवारलाई उपस्थित हुन अनिवार्य रुपमा सूचना दिनु पर्नेछ ।
(८) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकमा केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिले निर्देशिका बमोजिम समायोजनको मापदण्ड र कार्यविधिबारे जानकारी गराउनेछ ।
(९) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले यो निर्देशिका बमोजिम आफ्नो क्षेत्रभित्रका दुबै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको समायोजन गरी समायोजन भएको ब्यहोरा निर्णय पुस्तिकामा उल्लेख गरी सबै अभिलेख जिल्लामा र केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत केन्द्रमा पठाउनेछ । सोको जानकारी सबै प्रदेशसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्यलाई गराउनेछ ।
(१०) प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकले समायोजन भई नयाँ बनेको प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठक सम्बन्धित क्षेत्रभित्र नै बस्ने गरी समय र स्थान तोक्नेछ ।
(११) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठकमा केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिले निर्देशिका बमोजिम समायोजनको मापदण्ड र कार्यविधि बारे जानकारी गराउनेछ ।
(१२) जिल्ला कार्यसमितिले जिल्लाभित्रका हाल कायम भएका गाउँ÷नगरपालिका कार्यसमिति समायोजनका लागि हालको गाउँ÷नगरपालिकाभित्र समायोजित भई आएका साविकका सम्पूर्ण कार्यसमितिका पदाधिकारी÷सदस्यहरुको बैठक सम्बन्धित गाउँ÷नगरपालिकामा अलग–अलग दिन बोलाउनेछ । उक्त बैठकमा सो जिल्लाका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि, जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका संघीय संसदका सदस्य÷उम्मेदवार, प्रदेशसभाका सदस्य÷उम्मेदवार, पूर्व जिल्ला सभापति, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति र सम्बन्धित गाउँ÷नगरपालिकामा निर्वाचित नगरप्रमुख÷उपप्रमुख÷अध्यक्ष÷ उपाध्यक्ष÷उम्मेदवारलाई उपस्थित हुन अनिवार्य रुपमा सूचना दिनु पर्नेछ ।
(१३) उक्त बैठकमा केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिले निर्देशिका बमोजिम समायोजनको मापदण्ड र कार्यविधि बारे जानकारी गराउनेछ ।
(१४) उपरोक्त वुँदा नं. १३ बमोजिमको बैठकले यो निर्देशिका बमोजिम गाउँ÷नगर कार्यसमिति समायोजन गरी सो व्यहोरा निर्णय पुस्तिकामा उल्लेख गरी जिल्लामा र केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत केन्द्रमा पठाउनेछ र सम्बन्धित सबै तहलाई सोको जानकारी गराउनेछ ।
(१५) जिल्ला कार्यसमितिले गाउँ÷नगरपालिका कार्यसमितिको बैठकले समायोजन भई नयाँ बनेको गाउँ÷नगरपालिकाका वडाहरुको कार्यसमितिको बैठक केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको रोहवरमा सम्बन्धित क्षेत्रभित्र नै बस्ने गरी समय र स्थान तोक्नेछ ।
(१६) जिल्ला कार्यसमितिले गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिकाका वडा कार्यसमितिको बैठक सम्बन्धित क्षेत्रभित्र नै बस्ने गरी समय र स्थान तोक्नेछ । उक्त बैठक केन्द्रीय निर्वाचन समितिका प्रतिनिधिको रोहवर र जिल्ला सभापति, सम्बन्धित क्षेत्रको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापति र सम्बन्धित गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिको सभापतिको उपस्थितिमा हुनेछ । उक्त बैठकमा नयाँ बनेको वडा क्षेत्रमा पर्ने साविकका कार्यसमितिका पदाधिकारी र सदस्य, सम्बन्धित वडाका निर्वाचित वडा अध्यक्ष÷उम्मेदवार, वडा सदस्य÷उम्मेदवारलाई उपस्थित हुनका लागि सूचना अनिवार्य रुपमा दिनु पर्नेछ ।
(१७) उक्त बैठकले यो निर्देशिका बमोजिम गाउँ÷नगर वडा कार्यसमिति समायोजन गरी सोको व्यहोरा निर्णय पुस्तिकामा उल्लेख गरी सोको अभिलेख गाउँ÷नगर÷प्रदेशसभा क्षेत्र÷प्रतिनिधिसभा क्षेत्र, जिल्लामा र केन्द्रीय निर्वाचन समितिको प्रतिनिधि मार्फत सबै विवरण केन्द्रमा पठाउनेछ र सम्बन्धित सबैलाई जानकारी गराउनेछ ।
(१८) यस निर्देशिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको पुनर्संरचना र समायोजनको कार्य २०७६ साल भाद्र २० गते भित्र र वडा÷गाउँ नगरपालिकाको हकमा कात्र्तिक महिनाभित्र सम्पन्न गर्नु पर्नेछ ।
(१९) केन्द्रीय निर्वाचन समितिका प्रतिनिधिले यस निर्देशिका बमोजिम समायोजनको कार्य सम्पन्न गरी सम्बन्धित कार्यसमितिको बैठकको निर्णय र सबै तहका कार्यसमितिको नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउनेछ र केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रमा बुझाउनेछ ।
(२०) समायोजन गर्दा वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका÷प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिहरुको बैठकमा सम्बन्धित तहमा पार्टीको तर्फबाट निर्वाचित÷उम्मेदवारको उपस्थिति हुनेछ ।
१२. यस निर्देशिका बमोजिम कार्यसम्पादन गर्न केन्द्रीय निर्वाचन समितिले आवश्यक निर्णय गर्न सक्नेछ ।
१३. यस निर्देशिकाको प्रयोजनकालागि
(क) क्षेत्रः भन्नाले वडा÷गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र वा यिनको भूगोललाई बुझाउनेछ ।
(ख) नगरपालिकाः भन्नाले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई बुझाउनेछ ।
(ग) जेष्ठ पदाधिकारीः भन्नाले क्रमशः उप–सभापति, सचिव, कोषाध्यक्ष र सह–सचिव बुझिनेछ । समान पदमा दुई वा सो भन्दा बढी पदाधिकारी (उदाहरणका लागि उप–सभापति, सचिव, कोषाध्यक्ष, सह–सचिवहरु) को जेष्ठता कायम गर्दा साविकको कार्यसमितिको बैठक पुस्तिकामा उपस्थितिमा अगाडि नाम उल्लेख गर्ने गरिएकोलाई जेष्ठ मानिनेछ ।
(घ) क्रियाशिल सदस्य भन्नाले ः
(१) पार्टीको १३ औं महाधिवेशनमा मतदाताको रुपमा कायम रहेका नेपाली कांग्रेसको क्रियाशिल सदस्यलाई बुझाउनेछ ।
(२) पूर्व नेपाल लोकतान्त्रिक फोरमको क्रियाशिल सदस्यता सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय समितिले गठन गरेको समायोजन समितिले गरेको सिफारिशको आधारमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हुनेछ ।
(३) अन्य पार्टीको क्रियाशिल सदस्यता सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय समितिले गठन गरेको समायोजन समितिले गरेको सिफारिशको आधारमा केन्द्रीय कार्यसमितिको निर्णय अनुसार हुनेछ ।

nema
Show More

Related Articles

Back to top button