१३ साउन, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले पूर्व सांसद गंगा बहादुर कुँवर र नारायणप्रसाद भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । समाजका केन्द्रीय सभापति कुल बहादुर(के.वी) गुरुङले कैलालीका कुँवर र अर्घाखाँचीका भट्टराईलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् ।
यसैगरी समाजले वीपी विचार राष्ट्रिय समाजको रुकुमपूर्व संयोजकमा धुव्र पुनलाई नियुक्त गरेको छ । उनलाई ३ महिनाभित्र समाजको जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि संयोजकमा नियुक्त गरिएको वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
