breakingनेपाली कांग्रेस

काँगे्रसमा नेतृत्व परिवर्तन आवश्यक भैसक्योः महामन्त्री कोइराला

प्युठान÷ नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।नेपाल प्रेस युनियन प्यूठानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले बर्तमान नेतृत्वले आम कार्यकर्तालाई न्याय गर्न नसकेको बताए । कोइरालाले नेतृत्वका लागि कुन थर कुन जात भन्दा पनि पार्टीभित्र वीपी कोइरालाको विचार कसले बोक्छ भनेर कार्यकर्ताले हेर्नुपर्ने उल्लेख गरेका हुन । पार्टीको नेतृत्वको लागि वीपीको रगत भन्दा पनि वीपीको विचार महत्वपूर्ण भएकोमा कोइरालाले जोड दिए ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले १४ औं महाधिवेशनमा उम्मेदवारीबारे सोधेको प्रश्नमा कोइरालाले समय बाँकी रहेको आम नेता कार्यकर्ताहरुसँग छलफल गरेर उम्मेदवारी तय गर्ने बताए ।


यसैबीच, एक फरक प्रसंगमा उनले सरकारले सीके राउतसँग गरेको सम्झौताका बारेमा स्पष्ट पार्न नसकेको बताएका छन् । महामन्त्री कोइरालाले राउतसँगको सम्झौताका विषयमा उठेका प्रश्नको निवारण सरकारले गर्न नसकेको बताए। सम्झौतालगतै सीके राउतका सर्मथकले स्वतन्त्र मधेश र जनमत संग्रहको नारा लगाएका छन्।

सरकारले पनि संझौताका बारेमा स्पष्टीकरण दिएको छ। तर सरकारले आम जनतालाई चित्त बुझ्ने स्पष्टीकरण दिन नसकेको महामन्त्री कोइरालाले जोड दिए ।

nema
Show More

Related Articles

Back to top button