समाचार

डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था नरहेको स्वास्थ्यमन्त्री यादवको दाबी

१ असोज, काठमाडौं । सरकारले डेंगु नियन्त्रण गर्न आपतकालको घोषणा गर्नुपर्ने आवाज संसद तथा संसद बाहिर उठन थालेपछि उप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रष्टिकरण दिएका छन् ।
बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको स्पष्ट पारेका हुन् । उनले डेंगु नियन्त्रण गर्न आपतकालको घोषणा गर्नु आवश्यक नरहेको दाबी गरे ।
यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको दाबी गरे ।
डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनले स्पष्ट पारे । उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।
साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु उनले जानकारी दिए ।
केही हप्तायता नेपालमा डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुदै गएको यादवको भनाई छ ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरिएको उपप्रधानमन्त्री यादवले बताए ।

nema
Show More

Related Articles

Back to top button