समाचार
सुनको मूल्य घट्यो
काठमाडौँ – विगत केही दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ६ सय घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी संघले जनाएको छ ।
सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मुल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा किनवेच भैरहेको छ ।
