विश्व

कुनै पार्टीको बहुमत नआएपछि इजरायलमा संयुक्त सरकारको पहल

७ असोज, काठमाडौँ÷ कुनै पनि पार्टीको बहुमत नआएपछि इजरायलमा संयुत्त सरकार गठनका लागि पहल सुरु भएको छ । दोस्रो पटकको निर्वाचन पछि पनि कुनै पार्टीले स्पष्ट बहुमत नल्याएपछि संयुत्त सरकार गठन गर्ने तयारी भएको हो । त्यसका लागि इजरेलका प्रधानमन्त्री र मुख्य विपक्षी नेताबीच संयुक्त सरकार बनाउन वार्ता गर्ने सहमति भएको छ । राष्ट्रपति रूभेन रिभ्लिनको पहल पछि प्रधानमन्त्री बेन्जमिन नेतन्याहु र विपक्षी नेता बेनी ग्यान्ट्स वार्तामा बस्न तयार भएको बीबीसीले जनाएको छ । यसलाई इजरायलको राजनितिमा महत्त्वपूर्ण कदमको रुपमा लिइएको छ । यो वर्ष दोस्रो पटक भएको गत साताको निर्वाचनमा कसैको बहुमत नआएपछि त्यहाँ राजनीतिक अन्योल कायम छ।ग्यान्ट्सको गठबन्धनले ३३ र नेतन्याहुको दलले ३१ सीट जितेको छ ।

nema
Show More

Related Articles

Back to top button