समाचार

नेपाली क्रिकेट टोली आज सिंगापुर जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर जाँदैछ । सिंगापुरमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टोली सिंगापुर जान लागेको हो । खेलाडीको टोली आज राति सवा १० बजे सिल्क एयरमार्फत सिंगापुर प्रस्थान गर्ने टोलीका व्यवस्थापक रमण सिवाकोटीले जानकारी दिए । सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बाबेसँगै सिंगापुरसँग २–२ खेल खेल्नेछ । भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल नेपालले जिम्बाबेसँग खेल्नेछ । कप्तान पारस खड्काले सिरिजका लागि घोषणा गरेको टोलीमा अधिंकाश युवा खेलाडी रहेका छन् । दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button