breakingसमाचारसंस्था गतिबिधी

वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ग¥यो यस्तो निर्णय

१३ कार्तिक, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । समाजको केन्द्रीय कार्यालय चण्डोलमा बुधवार बसेको बैठकले आगामी पौष १६ गते राष्ट्रिय मेलमिलाव दिवसको अवसरमा विभिन्न १२ जना प्रजातान्त्रिक योद्धाहरुको जीवनी समेटिएको पुस्तक तयार पार्ने विषयमा छलफल केन्द्रीत भएको छ ।
समाजले नेपालका प्रजातान्त्रिक आन्दोलनमा सहभागि केही प्रमुख योद्धाहरुको जीवनी र भूमिका स्पष्ट हुनेगरि खोजमुलक पुस्तक प्रकाशन गर्ने यस अघिनै निर्णय गरिसकेको थियो । केन्द्रीय समिति बैठकले खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार गरि ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका केही प्रमुख योद्धाहरु’नामक पुस्तक प्रकाशन गर्नको लागि क्रमश प्राध्यापक डा. विजय मिश्र, प्रा.डा रामचन्द्र पोखरेल, प्रा.डा निरसिँह कुमार खत्री, डा. जगतप्रसाद पराजुली,प्रा.डा. रत्नमणि नेपाल, डा. ज्योति उपाध्याय, डा. राजेन्द्रप्रसाद रेग्मी, प्रा.डा टंक न्यौपाने,  श्री आनन्द आचार्य , डा. बद्धिनारायण गौतम, डा. इश्वरीराज लौडारी र पत्रकार ठाकुर बेलबासेलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
उक्त पुस्तकको विमोचन २०७६ साल पौष १६ गते हुने मेलमिलाव दिवशको उपलक्ष्यमा विमोचन गर्ने योजना रहेको समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
जननायक विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलाव नीति अबलम्बन गरि २०३३ पौष १३ गते ८ बर्ष लामो भारत निर्वासन परित्याग गरि नेपाल फर्किनुभएको सन्दर्भमा उल्लेखित राष्ट्रिय मेलमिलावको नीतिका सन्दर्भमा श्री कुलबहादुर गुरुङको भूमिका र योगदान तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा केवी गुरुङको जीवनी तथा भूमिका स्पष्ट हुने गरि खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार गरि पुस्तक प्रकाशन  गरिन लागेको  महासचिव चन्दले स्पष्ट पारे ।
नेपालका प्रजातान्त्रिक योद्धा बुद्धसिंह रानाको बारेमा खोजमुलक तथा अनुसन्धानात्मक लेख तयार पार्ने जिम्मा डा. इश्वरीराज लौडारीले पाएका छन् । त्यसैगरि लालध्वज गुरुङको बारेमा डा राजेन्द्रप्रसाद रेग्मी, सरोज कोइरालाको बारेमा डा। जगतप्रसाद पराजुली, दुर्गानन्द झाको बारेमा डा। बद्रीनारायण गौतम, तेजबहादुर अमात्यको बारेमा डा। ज्योति उपाध्याय, केवी गुरुको बारेमा पत्रकार ठाकुर बेलबासे, दिवांनसिंह राईको बारेमा प्रा. डा. निरसिंह कुमार खत्री, भिमनारायण श्रेष्ठको बारेमा गिरिराज आचार्य, यज्ञबहादुर थापाको बारेमा प्रा।डा। टंक न्यौपाने, योगेन्द्रमान शेरचनको बारेमा प्रा. डा रामचन्द्र पोखरेल, जगतप्रकाश जंग शाहको बारेमा प्रा।डा। रत्नमणि नेपाल, तथा रामनारायण मिश्रको बारेमा प्रा.डा विजय मिश्रलाई सोधात्मक सामाग्री तयार पार्ने जिम्मेवारी दिइएको छ ।
यसैबीच, कार्यक्रमको ब्यवस्थापनको तयारीको लागि समाजका केन्द्रीय सहसभापति गोविन्दराज जोशी, महासचिव विनयध्वज चन्द, उपमहासचिव रामबहादुर गुरुङ , समाजका संस्थापक केन्द्रीय सदस्यहरु लक्ष्मण घिमिरे र लोकेश ढकाललाई समेटेर समिति गठन गरिएको बताइएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button