दोलखा÷ दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुर्घटनामा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका हुन । मृतकको सनाखत हुन भने बाँकी रहेको छ । आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको छ। अहिले घाइतेहरुको उद्धार जारी रहेको छ।घटनाको पुरा विवरण आउन बाँकी छ ।
Related Articles
कार्यकर्ताको इच्छाअनुसार पार्टीलाई पुनर्जीवन दिन आगामि महाधिवेशनमा सभापति पदमा मेरो उम्मेदवारी रहनेछ ः के.वी गुरुङ
५ भाद्र २०७५, मंगलवार ०१:४३
भिडियो कन्फरेन्समार्फत गरिएको मन्त्रिपरिषदको बैठकप्रति काँगे्रसको आपत्ति
१० भाद्र २०७६, मंगलवार ११:२९
कैलालीको क्वारेन्टाइनमा भएको सामूहिक बलात्कार घटनाप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
१ असार २०७७, सोमबार १२:५०
Check Also
Close
-
वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ बर्षको उमेरमा निधन
३० श्रावण २०७६, बिहीबार ०६:१७