समाचार
तुम्बाफाम्फेनै सभामुखको उपयुक्त पात्र ः नेता पाण्डे
२० पुष, काठमाडौैँ÷ सत्तारुढ नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले ठूला राजनीतिक दलहरुले आफैले संसदबाट पारित गरेको कानुनको कार्यान्वयन नगरेको आरोप लगाउनुभएको छ ।
कुनै पनि राजनीतिक दलको हरेक निकायमा कम्तिमा एक तिहाई महिला सहभागिताको सुनिश्चिततालाई उनीहरुले वेवास्ता गरेको सांसद पाण्डेको जिकिर छ ।
रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम ‘मूलप्रवाह’मा कुराकानी गदै उहाँले प्रतिनिधिसभाको सभामुखका लागि डा. शिवमाया तुम्बाहाम्फेनै उपयुक्त पात्र भएको जिकिर गर्नुभयो । मुलुकमा विधि र प्रणालीलाई स्थापित गराउन पनि तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्नेमा उहाँको जोड छ ।