समाचार

चीनमा कोरानाको प्रकोप फैलिएपछि नेपालमा सतर्कता

चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वास प्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै त्रिभूवन विमानस्थलमा सतर्कता र निगरानी बढाइएको जनाएको छ ।
विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको छ भने रुघाखोकी लगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुमाथि निगरानी बढाएको छ ।
विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो । वुहान शहरबाट आएका एक नेपालीमा समेत यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । संक्रमित व्यक्ति अस्पतालबाट डिस्चार्ज भएपनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button