समाचार
एमसीसीबारे बल्ल बोले गगन : नपढि र नबुझिन बोल्दा समस्या
२० माघ, काठमाडौैँ÷ नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढि र नबुझिकन बोल्दा समस्या झन जटिल बनेको बताउनुभएको छ । पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको सस्कृतिमा कमी भएको हुदाँ एमसीसी जस्तो बिषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको दावी गर्नुभयो ।
बिश्वबिद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गर्दै उहाँले बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गर्नुभयो ।
