समाचार

गृहमन्त्रालयले उपलब्ध गरायो पूर्वराजा शाहलाई पास

२ जेठ, काठमाडौैँ
गृहमन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं फर्कने सवारी पास उपलब्ध भएको छ । हिजो राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो। यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो।
 
निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो। गृहको सहमति लिई झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि आज पूर्वराजदम्पत्ती झापाबाट काठमाडौंतर्फ आउनुभएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको सहमति लिई हिजो साँझ नै पूर्वराजालाई सवारी पास दिएको थियो । निजी भ्रमणमा झापा पुग्नुभएका उहाँहरु लकडाउन सुरु भएपछि त्यहीँ रोकिनुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button