समाचार

गैरआवासीय नेपालीको नागरिकताको ब्यवस्था गर्ने मन्त्री लालबाबु पण्डितको वचन

१२ जेष्ठ÷संघीय मामिला तथा सािमन्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार आफ्नै कार्यकक्षमा गैरआवसीय नेपाली संघको प्रतिनिधिमण्डलसँग छलफल गर्दै उहाँले गैरआवसीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले नेपालको निर्माणको अभियानमा होमिएका गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदारका रुपमा सहभागी गराउन आग्रह गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button