breakingसमाचार

नेपाली काँगे्रसद्धारा आजको प्रतिनिधी सभा बैठक पनि अवरोध

२४ माघ, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पनि प्रतिनिधीसभाको बैठकमा अवरोध गरेको छ । आज दिउँसो बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै बोल्दै नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेकपा नेतृत्वको सरकारले आफ्नालाई जोगाउँदै कांग्रेसका नेताहरुलाई सिद्याउने नीति सरकारले लिएको दाबी गर्नुभयो । सरकारले अख्तियारलाई प्रयोग गरेर कांग्रेसमाथि प्रहार थालेको भन्दै विश्वकर्माले लालपूर्जा हातमा लिएर हिँड्नेलाई भने उन्मुक्ति दिएको आरोप समेत लगाउनुभएको छ ।
 
हीजोको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा लगाइनु राजनीतिक प्रतिशोध भएको बताउनुभएको थियो । अख्तियारले राजनीतिक दबाबमा परेर मुद्दा दायर गरेको उनको दावी थियो । ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो। तत्कालिन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्दा दायर गर्दै अख्तियारले ९ करोड ६९ लाख विगो माग गरेको छ ।

Show More

Related Articles

Back to top button