breakingसमाचार

कांग्रेसका राष्ट्रियसभा सांसद दुर्गाप्रसादको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

२ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन प्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर (केवी) गुरुङले आज शोक वक्तब्य जारी गदै सांसद उपाध्यायको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको हो । शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौैँ — शोक वक्तब्यमा भनिएको छ ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको ५१ बर्षको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । उपाध्यायले यसअघि रुपन्देही काँगे्रसको क्षेत्रीय सभापति रहेर काम गरिसक्नुभएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button