breakingसमाचारनेपाली कांग्रेस
प्रधानमन्त्री ओली र काँगे्रस नेता शेखर कोइरालाबीच भेटवार्ता
१५ फागुन
प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलीयाले जानकारी दिनु भ्एको छ ।
सो क्रममा कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको कुरा सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले स्पष्ट पारेको उल्लेख गर्दै अब नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सल्लाह दिनु भएको बताइएको छ । दुई तिहाइको सरकारले काम गर्ने अवसर पाउँदा पनि केही गर्न सकेको कोइरालाको भनाई थियो । यसअघि पनि प्रधानमन्त्री ओली र कोइरालाबीच भेटवार्ता भएको थियो ।
