नेपाली कांग्रेसवी पी विचारसमाचार

वीपी विचार राष्ट्रिय समाज झापाका सभापति गिरीलाई पितृशोक

१५ फागुन,काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका झापा जिल्ला सभापति हर्कलाल गिरीका पिता मानबहादुर गिरीको निधनप्रति वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय कार्यालयले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गदै गहिरो दुःख ब्यक्त गर्नुभएको हो ।
शोकको यस घडीमा दुःख सहन एवं धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी ईश्वरसँग प्रार्थन गदै उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गदैछौं, साथै दिवंगत आत्माको चिर शान्ति एवं बैकुण्ठबासको कामना सहित भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौैँ — शोक वक्तब्यमा भनिएको छ ।
स्वर्गीय मानबहादुरको २०७६ साल फागुन ९ गते निधन भएको हो । उहाँको जन्म भोजपुर जिल्लाको साविकको अन्नपूर्ण गा.वि.स वडा नंवर १ दिल्पामा पिता लक्ष्मण गिरी र माता दुर्पदा गिरीको कोखबाट वि.सं १९८२ साल साउन १० गते भएको थियो ।  उहाँका ४ छोराहरु मध्ये कुमार गिरीको निधन भैसकेको छ । अहिले हर्कलाल गिरी, हरिलाल गिरी, कृष्ण कुमार गिरी रहेका छन् ।

Show More

Related Articles

Back to top button