breakingसमाचार

देउवाले महाधिवेशनलाई प्रभावित गर्न विभाग गठन गरेको राजनीतिक विश्लेषक आचार्यको आरोप

१९ फागुन, काठमाडौैँ÷ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई प्रभावित पार्न विधान विपरित कार्य गरेको आरोप लगाउनुभएको छ । १४ औैँ महाधिवेशनको प्रक्रिया सुरु भैसकेपछि विभाग गठन गर्नु गलत भएको उहाँको तर्क छ ।
रेडियो अन्नपूर्ण नेपालसँग कुराकानी गदै विश्लेषक आचार्यले देउवाले काम चलाउ सभापति भैसकेपछि गैरजिम्वार कदम चाल्नु उचित नभएको बताउनुभएको हो । यस्तो अवस्थामा वरिष्ठ नेता रामचन्द्र पौडेलले विभागलाई विगठन गर्न दबाब दिनुपर्ने उहाँको सुझाव छ । पौडेलले आफ्ना मान्छेहरुलाई विभागमा सामेल गर्ने उदेश्यले बार्गेनिङ नगर्न सुझाव समेत दिनुभएको छ ।
 
काँगे्रसले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको समेत उल्लेख गर्नुभएको छ । देउवा नेतृत्वको काँगे्रसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उहाँको ठम्याई छ । देउवाकै कार्यशैलीको कारण कार्यकर्ताहरुमा निराशा छाएको आचार्यले बताउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button