breakingअन्तर्वार्ता

पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधनप्रति वीपी विचार राष्ट्रिय समाज दुःखीत

पूर्वस्थानीय विकासमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको बुधबार अपराह्न ४ बजे निधन भएको छ । काठमाडौँको निदान हस्पिटल पुल्चोकमा उपचारका क्रममा उहाँको निधन भएको हो । विसं २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मनुभएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री बन्नुभएको थियो । उहाँले नेपाली काँग्रेस पाँचथरको दुईपटक सभापति भएर पार्टीको नेतृत्व सम्हानुभएको थियो ।
विसं २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित बन्नुभएको थियो । यस्तै उनी पार्टीको तिनै महाधिवेशनबाट दुईपटक केन्द्रीय सदस्यमा निर्वाचितसमेत हुनुभएको थियो । शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुहुन्थ्यो । शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आउनुभएको थियो । उहाँका दुई छोरा र पाँच छोरीहरु रहेका छन् ।
२०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताउनु भएका स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताउनु भएको थियो ।
 
यसैबीच, उहाँको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका केन्द्रीय सभापति कुलबहादुर (केवी) गुरुङ तथा सहभापति गोविन्दराज जोशीले शेर्माको निधनप्रति गहिरो समवेदना ब्यक्त गर्नुभएको हो । उहाँहरुले गहिरो दुःख व्यक्त गर्दैे भन्नु भएको छ— “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं पूर्व मन्त्री पूर्णकुमार शेर्माको निधनले हामीलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय शेर्माले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछौैँ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौैँ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button