३१ जेठ, काठमाडौैँ
नेपालमा आज थप २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारि दिनुभयो ।
संक्रमित हुनेमा झापाका ५ जना, रौटहटका ४४ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जना, पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, दैलेखका ३० जना, सुर्खेतका ४० जना, कपिलवस्तुका ५ जना, दाङका २ जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, बर्दियाका ६ जना, महोत्तरीका १ जना, सर्लाहीका २ जना, गुल्मीका २ जना, कपिलवस्तुका २० जना, रुपन्देहीका ५ जना, रौटहटका ४८ जना र सर्लाहीका १० जना रहेका छन् । संक्रमित २ सय ४७ जना पुरुष र ३६ जना महीला रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । उनीहरु मध्ये ४ हजार ९ सय ४९ पुरुष र ३ सय ८६ जना महीला रहेका छन् । हाल सम्म नेपालका ७२ जिल्ला कोरानाका संक्रमण फैलिसकेको छ ।
यस्तै थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रवक्ता गौतमले पुष्टि गर्नुभयो । बिहीबार वीरगञ्जको घण्टाघरछेउमा मृत्त फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको गौतमले तबाउनुभयो । हिजो अपरान्ह स्वाब लिइएको ती बालकको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । बाराको निजगढ ६ माथिल्लो योजना स्थाई ठेगाना भएका बालकमा गम्भिर प्रकारको निमोनिया समेत देखिएको अस्पतालले जनाएको छ । वीरगञ्जको घण्टाघर क्षेत्रमा बुधबार मृत भेटिएका युवकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । मृतक युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्थायी अस्पतालले जनाएको छ । वीरगञ्जमा २ जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
वाइट ।
नेपालमा थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आज नारायणी अस्पतालबाट ५ जना, साईकृष्ण आइसोलेसन सप्तरीबाट १७ जना, आइसोलेसन सेन्टर सहपूर्व दुधुवा बाँकेबाट ८ पुरुष र भरतपुर अस्पतालबाट ६ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ९ सय १३ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार १५ पछि दैनिक १० हजार पीसीआर परीक्षण गरिने जनाएको छ । पीसीआर परीक्षण दर कम भयो भन्ने आवाज उठिरहेका बेला प्रवक्ता गौतमले असार १५ पछि दैनिक १० हजार जनामा पीसीआर परिक्षण गरिने जानकारी दिनुभयो ।