समाचार

जिल्ला सभापतिहरुको मागका विषयमा सभापति देउवा लचिलो बन्ने संकेत

२४ पुष, काठमाडौैँ÷ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुको मागका विषयमा आफू लचिलो हुन तयार रहेको बताउनुभएको छ । आज आफ्नै निवास बुढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई भेटेपछि उहाँले लचिलो हुने संकेत देखाउनुभएको हो ।
देउवाले १४औं महाधिवेशनमा एकमत भएर जानका लागि पहल गर्ने वचन दिएको नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । जिल्ला सभापतिको परामर्शपछि तयार भएको ज्ञापनपत्र सभापति शेरबहादुरलाई पढेर सुनाइएको थियो । विधानको धारा निलम्बन र विभागहरूको गठनको विषयमा ध्यानार्कषण गराउँदै जिल्ला सभापतिहरूले गुटगत भन्दा स्वतन्त्र काम गर्न सुझाव दिएका थिए । जिल्ला सभापतिहरूको कुरा सुनेपछि सभापति देउवाले आफू मिलेर जान तयार रहेको बताएका केसीको भनाई छ । देउवाले वार्ता कमिटिले वार्ताटोलीका बीचमा जहाँबाट कुरा बिग्रेको हो त्यहीँबाट पुनः सुचारु गर्न आफू तयार रहेको बताउनुभयो ।
देउवाले सबैलाई व्रेकफास्टमा निम्त्याएको भन्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले संवादबाट सहमति र सहमतीबाट महाधिवेशन गर्नुपर्ने निष्कर्ष निक्लेको बताउनुभयो । विमेलेन्द्र निधि, विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले पनि आफ्नो कुरा राखेका थिए। देशैभरि कांग्रेसका शुभेच्छुकहरूले राखेको कुरामा आफू तयार रहेको सभापति देउवाले गरेको प्रवक्ता शर्माको दाबी छ ।

nema
Show More

Related Articles

Back to top button