समाचार

स्थानीय तहले करारमा कर्मचारी भर्ती गर्न थालेपछि सरकारको चासो

६ कात्तिक, काठमाडौैँ÷ स्थानीय तहले विज्ञापित पदमा करारमा कर्मचारी भर्ती गर्न थालेपछि सरकारको चासो देखाएको छ । स्थानीय तहहरूले विज्ञापित पदमै आफूखुसी कर्मचारी भर्ती गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो ।
साथै सामान्य प्रशासन मन्त्रालयले विज्ञापित पद पूर्ति भए–नभएको विवरण पनि स्थानीय तहहरूसँग माग गरेको छ । मन्त्रालयको सिफारिसमा लोक सेवा आयोगले देशभरका स्थानीय तहका निम्ति कर्मचारी मागेको थियो । स्थानीय तहले त्यस्ता विज्ञापित पदहरूको बेवास्ता गर्दै धमाधम करारमा कर्मचारी नियुक्ति गरेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । स्थानीय तहले विज्ञापित पदहरूको पोष्टिङ नै प्रभावित हुनेगरी करारमा कर्मचारी भर्ती गर्न थालेपछि त्यस्ता पदहरू सुरक्षित गर्न देशभरका स्थानीय तहलाई मन्त्रालयले निर्देशन दिएको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button