समाचार

(महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनुसार )सडकमा ट्राफिकको सचेतना

२५ असारदेखि सरकारले लकडाउन खुकुलो बनाएसँगै सडकमा जोर–बिजोर प्रणालीअनुसार सवारीसाधन बाक्लिएका छन् । यससँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ । सडकमा खटिएका ट्राफिक प्रहरीले १ असारदेखि महामारीबाट बच्न सचेतना अभियान चलाइरहेको छ ।
‘जोर–बिजोर प्रणाली पालन गरौँ’, ‘ट्राफिक नियम पालन गरौँ’, ‘मास्क लगाएर मात्र हिँडडुल गरौँ’, ‘सवारीसाधनमा भौतिक दूरी कायम गरौँ’, ‘जथाभावी हिँडडुल नगरौँ’ लेखिएका प्लेकार्ड बोकेर ट्राफिक प्रहरीहरू सडकमा तैनाथ छन् । काठमाडौं उपत्यकाका ४६ वटा चेकपोइन्टमा तैनाथ ट्राफिक प्रहरीलाई यस्ता प्लेकार्ड वितरण गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीम ढकालका अनुसार लकडाउनको सुरुमा १५ दिन यस्तै अभियान चलाइएको थियो । लकडाउन खुकुलो भएपछि १ असारयता पुनः ट्राफिकले अभियान सुरु गरेको हो । उनका अनुसार सवारीसाधनमा भौतिक दूरी भनेको चारपांग्रे सवारीमा तीन र दुईपांग्रेमा एकजना मात्र चढ्न भनिएको हो । भौतिक दूरी पालना गरेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय आइसकेको सन्दर्भमा चेतना जगाउन अझ बढी आवश्यक देखिएको एसएसपी ढकाल बताउँछन् ।

तपाईंको प्रतिक्रिया

nema
Show More

Related Articles

Back to top button