समाचार

बैतडीमा १२२ थान हातहतियार सङकलन

३१ असार, बैतडी÷ बैतडीमा चार महिनाको अवधिमा १२२ थान हातहतियार सङकलन भएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको हतियार संकलन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालयमातहतका प्रहरी इकाइ तथा स्थानीय जनप्रतिनिधिहरुको सहयोगमा हातहतियार संकलन गरिएको हो । संकलित हतियारमध्ये ११८ थान एकनाले भरुवा बन्दुक , चार ४ थान बारबोर रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सङकलन गरिएको सबै हतियार इजाजत प्राप्त रहेका पाण्डेयले बताए । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले वैध–अवैध हतियार बुझाउन आग्रह गरेकोे बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द उनको भनाई छ । साथै सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध गरेपछि गत चैत १ गते प्रशासनले ३५ दिने सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button