breakingविचारवी पी विचारसमाचार

तनहुँ भेला

  प्रचार प्रसारको लागि  ५०१ सदस्यीय समिति गठन हुने

दमौली, असोज ३

नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

  स्वतन्त्र अभियान अन्तर्गत जिल्ला समितिको सोमबार दमौलीमा बसेको विशेष भेलाले उम्मेद्वार बनाउने निर्णय गरेको हो । भेलाले प्रदेश सभा सदस्य टिकट दिने जिम्मेवारी तथा विविध परिस्थितीको विश्लेषण गरी उम्मेदवारी तोक्ने जिम्मा नेता जोशीलाई दिने निर्णय गरेको छ ।

अभियानका जिल्ला संयोजक हरिशरण पण्डितको अध्यक्षता भएको विशेष भेलाले नेता जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको अभियानका महासचिव कमलभक्त पोख्रेलले बताउनुभयो । भेलाले तनहुँ क्षेत्र नम्बर १ को लागि ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन गर्ने निर्णय गरेको छ । साथै चुनावी अभियानलाई तिब्रता दिन क्षेत्र नम्बर १ का ४२ वटै वडामा वडा प्रचार समिति गठन गर्ने निर्णय गरेको छ ।

 उक्त भेलामा संविधान सभा सदस्य उर्मिला थापा, स्वतन्त्र अभियन्ता सुकुमलाल गुरुङ, परशुराम गिरी, घनश्याम घिमिरे, डा. विद्युतकेशरी न्यौपाने, भिमबहादुर अधिकारी, भिमकुमार श्रेष्ठ, केशरबहादुर गुरुङ, सोलबहादुर चितौरे मगर, केशु गुरुङ, आरती थापा, डिलमाया गुरुङ, क्याप्टेन रेशमबहादुर गुरुङ लगायतले वर्तमान नेपाली काँग्रेसको नेतृत्वले न्यायपूर्ण टिकट वितरण नगरी व्यापक गुटबन्दी गरेकोले  आफूहरु स्वतन्त्र अभियानमा लाग्नु परेको बताएका थिए । विकास प्रेमी र सिद्धान्त निष्ट नेता जोशीलाई जिताउन पार्टीको तथाकथित कारबाहीको धम्कीलाई वास्ता नगरी अगाडी बढ्ने र स्वतन्त्र अभियानलाई सार्थक बताउने प्रतिबद्धता भेलामा सहभागीले गरेका थिए । भेला नेता जोशीको विशेष उपस्थित भएको थियो ।

सो अवसरमा नेता जोशीले नेपाली काँग्रेसको वर्तमान नेतृत्व सिद्धान्तबाट स्खलित भएको, विकासका गतिविधी अगाडी बढाउन नसकेको, महंगी र भ्रष्ट्राचार बढाएको र संसदीय लोकतन्त्र र कानुनी राज्यलाई नै अस्तव्यस्त पारेकोले आफू एक पटक सांसद भई विकृति र विसंगतिका विरुद्ध संसदमा आवाज उठाउन चाहेको बताउनुभयो । साथै उहाँले चाँडै नै आफू बैदिक सनातन धर्मावलम्बी भएकोले छाब्दी वाराही माताको दर्शन गरी चुनावी अभियानमा होमिने बताउनुभयो ।

काँग्रेस नेता डा. न्यौपाने सम्मानित

दमौली, असोज ३ । नेपाली काँग्रेस नेता एवं विपी विचार समाज तनहुँका सल्लाहकार विद्युतकेशरी न्यौपानेले विद्यावारिधी उपाधि प्राप्त गर्नु भएको छ । वनारस विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा सो उपाधि प्राप्त गर्नु भएको छ ।

उपाधि प्राप्त गर्नु भएको विपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशी र विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले दमौलीमा सोमबार सम्मान गर्नु भएको थियो । सो सम्मान कार्यक्रममा समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, प्रदेश सचिव परशुराम गिरी, समाजको सस्थापक जिल्ला सभापति उर्मिला थापा लगायते बधाई ज्ञापन गर्नु भएको थियो ।

नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना

दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ ।

 नेता जोशीले दुरा निवास व्यास –११ रामथुम्कीमा पुगेर समवेदना व्यक्त गर्नु भएको हो । दुराको आमा अतिमाया दुराको यही असोज २ गते निधन भएको थियो । सो भेटघाटमा पूव सभासद उर्मिला थापा,  विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, जिल्ला सभापति हरिशरण पण्डित, कोषाध्यक्ष भिमकुमार श्रेष्ठ, सहसचिव केशु गुरुङले पनि समवेदना व्यक्त गर्नु भएको थियो ।
nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button