विचारदस्तावेज

२०७७ सालको भविष्य फल अेाज राज लेाहाेनी

 
 
शाके संवत् १९४२ वीरविक्रमादित्य संवत् २०७७ भुक्तभोग्यले समाप्तनै भए पनि प्रचलनअनुसार यो संवत्सरको नाम प्रमादी हो । यस वर्षका राजा बुध हुन् भने मन्त्री पदमा चन्द्रमा पुगेका छन् । सौर्यमण्डलका ग्रहहरू आआफ्ना विभागमा सक्रिय रहनेछन् । यसवर्षको ग्रह गठनमा शुभ ग्रहको प्रभाव वढिरहेको देखिन्छ । यसवर्षका राजा बुध नपुंसककारक ग्रह हुन्भने मन्त्री चन्द्रमा स्त्रीकारक ग्रह हुन् । बुधले चन्द्रमालाई मित्र दृष्टि राखे पनि बुधले चन्द्रमालाई शत्रु भाव राख्ने हुँदा वर्षको आरम्भमा प्रशस्तै समयस्याहरू आउने सम्भावना रहन्छ । नपुङ्सक ग्रह राजा बुधले उपलब्धीहीन कार्यलाई अगाडि सार्ने र मनकारक ग्रह चन्द्रमाले मन्त्रीले भावुक, उत्तेजित कार्यलाई बढावा दिनेहुँदा राजनीतिलाई तरलता उन्मुख गराउन बल पुग्नेछ । बुद्घिजीवी र जिम्मेवार व्यक्तिहरू दिग्भ्रमित हुँदा मानव समाज विश्वभर तरङ्गित हुनेछ । मनकारक ग्रह चन्द्रमा, मस्तिष्ककारक बुधको वर्षमा आधिपत्य रहेको छ ।वेदनीतिले राजाले राज्य गर्ने र मन्त्रीले राजनीति गर्ने भन्ने छ । राजा र मन्त्रीबीचको असहमतिले राजनीति स्थिरभन्दा अस्थिर हुने सम्भावना रहन्छ । चन्द्रमा चन्चल ग्रह र मस्तिष्ककारक ग्रह बुधबीच ताल मेल नमिल्ने सम्भावना अधिक हुन्छ । विचार गरौँ मन अनियन्त्रित हुन्छ तर मस्तिष्क भने जिम्मेवार । त्यसैले चन्द्रमाले बुधलाई शत्रु भाव राख्ने हुँदा बुधलाई नटेरी अघि बढ्न सक्छ । बुधले नियन्त्रणमा लिने प्रयास गर्दा राजनीतिमा स्वेक्षाचारीता बढ्ने सम्भाना रहन्छ । परिणामस्वरुप समाजमा विचल आउन सक्छ, बौद्धिक वर्गहरू निराश हुँदै गर्दा पनि सबैले धैर्य धारण गर्दै सम्मन्वयतिर जोडिने प्रयास गर्नेछन् । त्यसवाट नकारात्मक र सकारात्क दुवै प्रभाव पर्ने छ । संयम सजग भएमा ऐतिहासिक कार्य गर्ने अवसर मिल्ने र अलिकति पनि चुकेमा समाजमा अराजकता पैदा हुनेछ
बर्षको वारेमा भन्दा त्यसबर्षको राजा मन्त्री र वर्ष लग्नलाई ध्यान दिनु जरुरी हुन्छ यस बर्ष वर्षारम्भका राजा, मन्त्री र वर्ष प्रवेश लग्नलाई जोडेर प्रस्तुत गर्नु अनिवार्य हुन्छ । यसवर्षको वर्ष प्रवेशमा बृश्चिक लग्नमा भएको छ,यो स्थिर लग्नहो । लग्नेश,पञ्चमेश, भाग्येश र दशमस्थानले महत्वपूर्णले भूमिका खेल्दछन् । ग्रह वक्र र मार्ग, ग्रहको संयोग, उच र निच सवैको अवस्थालाई मिलाउनुपर्दछ । यस वर्षको जगलग्न कुण्डली बृश्चिक लग्नमा भएको छ। लग्नेश मंगल, पन्चमेश गुरु, भाग्येश चन्द्रमा, दशमेश सूर्य हुन् ।
२०७७ वैशाख २५ गतेदेखिवक्र भएका शनि आश्विन १० गतेसम्म वक्र हुँदै मकर राशिबाट धनु राशिमा सर्नेछन् । ज्येष्ठ ३ गते मकरमै वक्र हुने बृहस्पति पनि मकरबाट वक्रमै धनुराशिमा फर्कनेछन् । आश्विन ३१ मा मात्र मार्ग हुनेछन्। यस वर्ष गुरु र शनि प्रायः साथमै रहने छन् ।शनि गुरुको संयोग लाभहानि दुवै गराउन सक्ने हुन्छ । यो वर्ष पनि चुनौती अवसर दुवै बरावर छ । शनि गुरुको संयोगमा विशेष गरी धर्म तथा न्यय क्षेत्र प्रभावशाली हुन्छ । केही गरी सावधानी नअपनाएमा न्यायपालिकाले कार्यपलिकालाई कब्जा गर्न सक्छ ।श्रावण १ गतेदेखि श्रावण २१ सम्म, कार्तिक २८ गतेदेखि मार्ग १ सम्म, चैत्र १६ गतेपछि ३१ सम्ममात्र शनि बृहस्पति संयोग हुने छैन । शनि, बृहस्पतिको संयोग त्योपनि धनुमा र मकरमा कहिले शनि स्वगृही, कहिले गुरुस्वगृही हुनेछन् । यसरी हुने संयोग गुरुचण्डाल योग र निचभङ्ग राजयोग हुने भएकाले सुजवुझका साथ काम गरे संकटबाट सहजतामा जाने वातावरण बन्नेछ । थोरैमात्र चुक्यो भने अवस्था गम्भीर र जटिल हुनेछ । यस प्रशंगमालग्नकुण्डलीको योगबल पनि महत्वपूर्णहुन्छ। यस वर्ष दुई महत्वपूर्ण योग परेको छ एक कालसर्पयोग अर्काे लग्नादि योग । यी दुवैयोगको मुख्य फल प्राय उतारचढाव आउने हो। यस्तो समयमा चुनौती र अवसर दुवैको सामना गर्नुपर्दछ ।वर्षारम्भको दिन चन्द्रमा केतुबाट गस्तछ । शनि, मंगल र बृहस्पतिको संयोगका साथै बैशाख ३ गतेदेखि ५ गते ३ बजेसम्म शनि, बृहस्पति, चन्द्रमा र मंगल एक साथ रहने छन् । यसलाई ग्रहका हिसावले शुभ र अशुभ दुवै कोणबाट बुझ्न सकिन्छ । चन्द्रमा, बृहस्पति एकसाथ रहँदा गजकेसरी योग बन्छ त्यो शुभ मानिन्छ । मंगलको सम्वन्ध पृथ्वी, आगो, हातहतियार र सेनामा रहन्छ । बृहस्पतिको सम्बन्ध धर्म, शिक्षामा, शनिको सेवासँग, चन्द्रमाको दयासँग सम्बन्ध रहन्छ । शनिले पश्चिम दिशाको, मंगलले दक्षिणको, बृहस्पतिले उत्तरको स्वधर्म तथा स्वदेशको प्रतिनिधित्व गर्ने हुँदा यस्तो स्थितिमा त्रिपक्षीय चलखेल हुने सम्भावना रहन्छ । आआफ्नो स्वार्थले प्रेरित शक्तिहरूको चलखेलमा राष्ट्रिय संकट आउन सक्छ । यस्तो समयमा विमान दुर्घटा हुने सम्भावनाका साथै भूकम्प, समुद्रिक आँधी, आगजनी, चोरी, अराजक कार्य,प्राकृतिक विपत्ति आउन सक्छ । अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने बौद्घिक वर्गाहरू सुरक्षा, शिक्षा, प्रसासनिक र न्यायक्षेत्रमा न्यायोचित मार्गलाई वेवास्ता गर्दै स्वार्थमा प्रेरित हुन सक्ने सम्भाना वलियो रहनेछ । यस्तो अवस्थामा सुरक्षा, न्याय र धर्म एकसाथ जुटेर एकभई कार्यपालिकालाई अवज्ञा गर्दै राजनीतिलाई नियन्त्रणमा लिन खोज्दा बृहस्पति निचभएकाले गलत मार्गमा लाग्न सक्छन्, राजनैतिक संकट आउन सक्नेछ । चुनौती र अवसरमध्ये अवसरलाई उपयोग गर्दै विषम परिस्थितिलाई धैर्यका साथ नेतृत्वले कदम चालेमा देशले ऐतिहासिक सफलता हासिल गर्ने मार्ग अबलम्बन गर्नेछ । सचेत र सजग नभएमा जनधनको क्षति हुनुको साथै अर्थतन्त्रमा ठूलो नोक्शान भई राष्ट्र असफलता उन्मुख हुन सक्छ,सत्तासमेत परिवर्तन हुन सक्छ । विस्थापित शक्तिले अवसर पाउन सक्छन्, अकल्पनीय व्यक्तिको अकस्मात् उदय भई राजनीतिमा आमूल परिवर्तन हुन सक्छ ।
मिथुनमा उच्च राहु, केतु धनुमा उच्च भएको अवस्थामा बनेको काल सर्पयोगछ । अर्कोतर्फ लग्नादि योग धनभावमा केतु र चन्द्रमा रहेको हुँदा राज्यकोषलाई उपलब्धिमुलक कार्यमा भन्दा अधिक व्यक्तिविशेषको भरणपोषणमा खर्च हुनेछ ।लग्नेश मंगल सेनाकारक उच्च भई तृतीयेश, चतुर्थेश सेवाकारक शनि तथा धर्म,शिक्षकारक बृहस्पति द्वितीय र पञ्चमको मालिक एक साथ रहेकोले सैनिक, बौद्घिक तथा धार्मिक वर्गहरू एकसाथ राज्य निर्माणमा जुट्ने सम्भावना छ । पञ्चमस्थानमा बुध निच र पञ्चमेश बृहस्पतिसमेत निच रहेकोले शैक्षिक, धार्मिक तथा वाणिज्य क्षेत्रमा विकृति र विसङ्गति वढ्नेछ । षष्ठभावमा रहेको उच्च सूर्यले शत्रु नास गर्ने भएपनि दशमेश भएकोले राजनीतिमा राज्यका शत्रुले ठूलो चलखेल गर्न सक्ने अवस्था रहनेछ । सप्तम शुक्र स्वगृही भइरहेको र शुक्रको आधिपत्य विज्ञानमा गीत, सङ्गीत, चलचित्र, आधुनिक औषधि निर्माणसहित शुक्रको अधिकारमहिला वर्गमा रहने भएकोले महिला शक्तिकै कारण राजनीतिमा संयम भए सफलता र अनिन्त्रित भएमा दुर्घटा हुन सक्नेछ । सातौँ भाव वैदेशिक तथा कूटनीति भएकोले शुक्रको अनुकूलताले वैदेशिक सम्वन्ध व्यक्तिका निमित्त हानिकार रहे पनि देशका निम्ति भने सकारात्मक र समन्वयकारी रहनेछ । ज्ञान, विज्ञानमा सुझबुझका साथ अघि बढ्ने वर्ष हुनेछ यो ।अष्टमा राहु रहेकोले देशको ऋणभार उच्चतम विन्दुमा पुग्नेछ ।
भाग्य भावमा मङ्गलको निच दृष्टि, गुरुको उच्च दृष्टि र शनिको शत्रु दृष्टि रहेपनि शनि, बृहस्पतिको संयोग भएकोले धार्मिक पक्ष र धर्मविरोधीहरूको संघर्षमा जनता आन्दोलित हुनेछन् । शनि, मङ्गलको संयोगले धार्मिक आवरणमा लुट्ने, धर्मलाई अपव्याख्या गर्ने, अधर्मीहरूको पराजय र सच्चा धर्म र राष्ट्रियताको जगेर्ना गर्न अग्रसर हुनेहरूको विजय सुनिश्चतजस्तै छ । दशमेश सूर्य षष्ठ भावमा रहेकोले राष्ट्र विरोधीहरू सलबलाउनेछन् । शक्तिशाली ग्रहहरू राष्ट्रको पक्षमा रहेको हुँदा यो वर्ष राष्ट्रले नयाँ र युगान्तकारी परिवर्तन गर्दै स्वार्णिम युगमा प्रवेश गर्नेछ । सप्तमेष र द्वादशेस शुक्र स्वगृही भई सप्तम भावमा रहेको, शुक्र पूर्वदिशाको अधिपति भएकोले पूर्वीय देशको सहयोग एवं खबदारीले सवै वैदेशिक सम्वन्धलाई अत्यन्त सकारात्मक बनाउन वल पुग्नेछ । प्रजातन्त्रमा सार्वभौम जनता भन्ने भनाईलाई सार्थक बनाउन यस वर्ष ग्रहले साथ दिनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म नेपाल देश अन्त्य साढेसातीको प्रकोपमा पर्नेछ । यो समयमा देश संकटग्रस्थभई परिवर्तनको दिशामा उन्मुख हुनसक्छ राम्रोको लागि ।
यस वर्ष पश्चिमा मुलुकहरू प्राकृतिक प्रकोप र राजनीति तरलताको शिकार बन्नेछन् । अमेरिकाले राजनीति र प्राकृतिक प्रकोपको धेरै कठिनाईको सामना गर्नुपर्नेछ । जापान, जर्मन पनि प्राकृतिक प्रकोपको भागीदार हुनेछन् ।भारतले पनि राजनीति र प्राकृतिक प्रकोपको ठूलै पीडा भोग्नुपर्नेछ । चीन,रसिया भने पीडाका हुँदाहुँदै पनि सफलता उन्मुख रहनेछन् । यसवर्षको विश्व राजनैतिक ध्रुवीकरण प्राचीन र आधुनिक पक्षबीच जबर्जस्त उभिदा महायुद्घ उन्मुख सम्म हुन सक्छ आधुनिकतालाई प्राचीन सोचले निस्तेज वनाउन सक्नेछ ।
यो वर्ष शनि साढेसातीवर्षारम्भमा मार्ग १ गतेदेखि धनुलाई अन्त्य साढेसाती, कुम्भलाई आद्य साढेसाती आरम्भ हुनेछ भने तुला तथा मिथुन राशिलाई अढैया शनि आरम्भ हुनेछ । श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म पुनः वृश्चिकलाई अन्त्य साढेसाती र कन्या तथा वृषराशिलाई अढैया शनि रहनेछ ।साढेसाती शनिको प्रभाव जन्मकुण्डलीमा शनि राम्रो भएमा राम्रो फल, नराम्रो भएमा नराम्रो फल मिल्नेछ । अढैया शनिले जन्मकुण्डलीमा शनि राम्रो भएमा बिगार नगर्ने राम्रोभने कसैलाई पनि नगर्ने हुन्छ ।
शनि साढेसाती वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने र शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी ‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने । भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएको तर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने । बगेकोलाई नहेर्ने । यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ । यो व्यावाहारिक प्रयोगले थाहा भएको हो ।
मेष
यस वर्ष ग्रहगोचर राम्रोछ,वर्षभरि जस्तै नवौँ र दशौँमा बलशाली भएर रहेका शनि तथा बृहस्पति तृतीयस्थानमा उच्च राहुको अनुकूलताले सफलताको मार्गलाई अत्यधिक मजबुत बनाउनेछ ।आँटेका कामहरू धेरै सफल हुनेछन् । नयाँकामको आरम्भ पनि हुनेछ । अरुको विश्वास जितेर वैदेशिक व्यापारमा सफलता र कूटनैतिक कार्यमा विशेष लाभ मिल्नेछ । भाग्य बलियो हुनुको साथै धार्मिक र सामाजिक कार्यमा सफलता, सम्मान सोचेभन्दा बढी नै मिल्नेछ । नयाँ प्रेममा प्रवेश र प्रेमलाई विवाहमा परिणत गर्ने, प्रेमविहीन अविवाहितहरूलाई विवाह बन्धनमा जोडिने अवसर मिल्नेछ । विवाहितहरूका लागि पुत्रलाभको अवसर पनि प्राप्त हुनेछ । स्वदेशी तथा विदेशीशिक्षामा छात्रवृद्घिसहितको उच्च शिक्षा प्रप्त हुने बलियो सम्भावना छ । वर्षभरिनै भाग्य भावमा र कर्म भावमा राजयोगले भाग्योदय र कर्म प्राप्ति हुने योग भए पनि उतारचढाव प्रशस्त आएपनि अन्ततः परिणाम भने नयाँ नोकरी प्राप्त हुने र भएको नोकरीमा पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुने समय छ । नयाँ घर, जग्गा र सवारीसाधन जोड्ने अवसर पनि यो वर्ष मिल्नेछ । अन्न आर्जनका विशेष अवसर यस वर्ष प्राप्त हुनेछ । लेखनमार्गमा ऐतिहासिक सफलता मिल्नेछ, खेलाडीहरूका लागि वर्ष उत्कृष्ट नै भन्नुपर्दछ ।सहयोगीहरू, दाजुभाइ, पिता तथा पैतृक सम्पत्तिमा केही अवरोध सिर्जना भएपनि समग्रमा यो वर्ष फलदायी रहनेछ । निर्धक्क विश्वासमा अघि बढेमा धेरै कठिनाई आउने र विवेकपूर्ण तरिकाले अघि बढेमा ऐतिहासिक सफलता प्राप्त गर्ने अवसर मिल्नेछ । श्रावण, मार्ग, चैत्रमा कठिनाई अउन सक्ने र आषाढ, आश्विन, फाल्गुनमा धेरै सफलता मिल्ने अन्य महिना मध्यम रहनेछन् ।
वृष
समग्रमा यस वर्षको ग्रह गोचर राम्रो रहनेछ । अढैया शनिको अन्त्य भएकोछ । भाग्यभावमा बसेका गुरुले भाग्यलाई चम्काउनेछ । धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै सामाजिक कार्यमा अग्रसर हुँदा सफलता मिल्ने छ । कर्मेस र भाग्य शनिवाट बनेको एकल राजयोगको प्रभावले आफ्नो वर्चस्व सवत्र फइलाउन सकिने छ शनि बृहस्पतिको संयोग अन्त्यन्त फलदाई रहने भएकोले नयाँ नोकरिमा प्रवेश र भएको नोकरिमा पदोन्नति हुने वलियो सम्भावना छ । सक्रिय राजनीतिमा सफताको साथै राजनैतिक नियुक्ति हुने सम्भावना छ । कूटनैतिक सफलता प्रसम्सनीय हुने छ। पढाईमा सफलता मिल्नुको साथै निःसन्तानहरूका लागि सन्तान प्राप्ति हुने योग यस वर्ष परेको छ । आयेश, भाग्येश र कर्मेशको संयोग भने वलशाली रहनेछ । सहयोगी, दाजुभाइ तथा पिताका बीचका सम्वन्धमा केही ह्रास आएपनि धैर्य गरेमा सफताको मार्गमा बाधा आउने छैन । विदेशयात्राको अवसर पनि मिल्न सक्छ । व्यापारमा राम्रै प्रगति हुनुको साथै प्रेममा सम्लग्न हुने र भएकाप्रेमले वैवाहिक मार्ग अवलम्वन गर्नेछ । आर्थिक उन्नतिका हिसाबले यो वर्ष निकै राम्रो रहनेछ । स्मरण रहोस् श्रावण २१ देखि मार्ग १ गतेसम्म अढैया शनिको प्रभावको समयमा माथि उल्लिखित कार्य कुराहरू अघि नबढ्न सक्छ । त्यो १०० दिनको समयमा स्वास्थमा बाधा, आर्थिक कठिनाई लेनदेनमा विवादका साथै शरीरमा चोटपटक लाग्न सक्ने र मनमा चिन्ता बढ्ने देखिन्छ । पतिपत्नीबीचमा विवाद वढ्न सक्ने भएकोले त्यो समय संयम रहनुहोला । वैशाख, आषाढ, भाद्र, पौष महिनाप्रतिकूल र श्रावण, कार्तिक, चैत्र राम्रो तथा फलदायी र अन्य महिनाहरू मध्यम रहनेछ ।
मिथुन
वर्षारम्भमा अढैया शनि र अष्टम गुरुको प्रतिकूलताले स्वास्थमा बाधा आउनाले काम बिग्रनेछ । राजनीतिमा लाग्नेहरूका लागि कूटनैतिक असफलताले पदच्युत गराउन सक्छन् । व्यापारमा अवरोध आउने, वैदेशिक कार्यमा अपरोध आउनेछ । भाग्य भावको शनि अष्टम अढैया शनिको प्रभावले आर्थिक संकट बढाउनेछ । धार्मिक र सामाजिक कार्यमा झुटा आरोपको सामना गर्नुपर्नेछ । उच्च रक्तस्रावको साथै मुटु, मस्तिकमा पीडा हुने तथा हाडजोर्नीको समस्या पनि आउनेछ । नगद कारोबार गरे विवाद बढेर मुद्दामामला लाग्न सक्छ,विश्वासमा धोका हुनेछ । परिवारले साथ नदिने मित्रहरूपनि स्वार्थमा प्रेरित भईआफूलाई फसाउन सक्रिय हुनेछन् । पति, पत्नीबीचको विवादमा संयम नभए विछोडस्थिति आउनेछ । पिता, पुत्रबीच सम्वन्ध बिग्रनाले घरझघडा निकै वढ्नेछ । नोकरीमा झुटाआरोप लागेर अपठ्यारो पर्ने र छुट्न सक्ने स्थनान्तरण हुने योग छ । आमदानीको मार्ग सवै बन्ध हुनेछन् । सन्तानबाट पनि खुसी नमिल्ने अवस्था छ । श्रावण १ देखि बृहस्पति अनुकूल हुनुको साथै श्रावण २१ देखि मार्ग १ गते सम्म शनि अनुकूल हुने हुँदा त्यो समय व्यापारमा लाभ हुनुको साथै ब्यापारमा र वैदेशिक कार्यमा अपेक्षित सुधार आउने छ । पति पत्नीबीचको सम्बन्धमा पनि उल्लेखीय सुधार आउनेछ । परिवारमा सकारात्मक सम्बन्ध बन्ने तथा नोकरीमा प्रगति, उन्नतिको साथै राजनीतिमा ठूलै फड्को मार्ने अवसर मिल्नेछ । आर्थिक लाभ प्रशस्त मात्रामा गर्न सकिनेछ । महत्वपूर्णकाम यही समयमा गर्नु उचित हुनेछ । अन्य समयमा संयम हुनु राम्रो वैशाख, भाद्र, मार्ग महिना राम्रो ज्येष्ठ, आश्विन, माघ नराम्रो अन्य महिना अरु मध्यम छन् ।
कर्कट
यस वर्ष ग्रहले पूर्ण साथ दिनेछ । आँटेका काममा सफलता सजिलै मिल्नेछ । बौद्धिक कार्यमा अग्रस्थान मिल्नेछ । पढाईमा सफलता मिल्नेछ । लेखन कार्यमा तीब्रता आउनेछ । साहित्य, कला, गीत, सङ्गीतमा हुनेहरूका लागि अति उत्तम रहनेछ । शैक्षिक उन्नति राम्रो छ। छात्रवृद्धि प्राप्त हुने योगको साथै व्यावसायिक यात्रामा संलग्न हुने सम्भावना छ । विदेशिएर भुलेकामित्रहरूले पुनः सम्झना गर्नेछन् । आयात निर्यातमा लाग्नेहरूका लागि योवर्ष अनुकूल रहनेछ । कूटनैतिक कार्यमा लग्नेहरूका लागि यो वर्ष अतिउत्तम रहनेछ । आमदानीको अवसरहरू प्रसस्त मिल्नेछ । मित्रता प्रेममा बदलिने, प्रेम वैवाहिक यात्रातिर लम्कने समय छ । पतिपत्नीबीच सुमधुरसम्बन्ध निर्माण हुनेछ । नोकरीमा पदोन्नतिको साथै लाभपद स्थानमा स्थानान्तरण हुने वलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता पाउने योग छ । जोश र जाँगर वढ्ने नयाँ कामको अवसर पनि मिल्नेछ । रोकिएको कामहरू सुचरु हुनेछन् । सन्तान प्राप्तीको पनि बलियो सम्भवना छ । भाग्य बलियो भएकोले सामाजिक क्षेत्रमा सम्मान मिल्नुको साथै धार्मिक कार्यको रुचिको साथै तीर्थयात्राको पनि सम्भावना छ । श्रावण १ गतेदेखि बृहस्पति प्रतिकूल हुने हुँदा स्वास्थमा बाधा आउने, शत्रु वढ्ने काममा अवरोध आउने, सामाजिक कार्यमा बदनाम हुन सक्नेछ । व्यापारमा उतावचढाव आउने, यात्रामा संकट आउने, मित्र तथा परिवारसँग केही विमति रहने भएकोले संयम हुनु राम्रो। ज्येष्ठ, आश्विन, फाल्गुन शुभ र लाभदायक रहनेछ । आषाढ, कार्तिक, फाल्गुन महिना संकट आउने र अन्य महिना मध्यम रहनेछन् ।
सिंह
सिहं राशिलाई योवर्ष मध्यम रहनेछ । वर्षारम्भमा षष्ठ भावमा रहेका गुरुले स्वास्थमा बाधा, शत्रु वृद्धि, काममा अवरोध आउन सक्छ । पढाईमा अवरोध आउनुको साथै सन्तानसँग विमति, लेखन मार्गमा बाधा आउन सक्ने सम्भावना छ । राहु, शनिको अनुकूल प्रभाव वर्षभरिनै रहनेछ । आमदानीको अवसरहरू प्रशस्त मात्रामा मिल्नेछ । मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्ने, रोकिएका कामहरू सुचारु हुनेछन्, नयाँ कामको अवसर पनि मिल्नेछ । ज्ञान, विज्ञानमा लागेकाहरूका लागि समय अनुकूल रहने छ । आफन्त, मित्र तथा परिवारहरूवाट उचित सहयोग मिल्नेछ । व्यापारमा राम्रो लाभ उठाउन सकिनेछ । वैदेशिक र कूटनैतिक कार्यमा संलग्न हुनेहरूका लागि यो शुभ वर्षहो । भाग्यले साथ दिनेछ, सामाजिक कार्यमा सम्मान पाउने योगछ । नोकरीमा प्रगति र उन्नतिको अवसर मिल्नेछ । राजनीतिमा गुमेका स्थान पुनः प्राप्तीको अवसर मिल्नेछ । सहयोगीहरूको सहयोग पूर्णरुपमा पाइनेछ । दाजुभाइ, दीदीबहिनीको सहयोगले आर्थिक, सामाजिक, राजनैतिक कार्यलाई समेत अनुकूल प्रभाव पार्नेछ ।श्रावण १ गतेदेखि कार्तिक २८ गतेसम्म बृहस्पति धेरै अनुकूल रहने हुनाले बौद्धिक उन्नति तथा लेखनमार्गमा विशेष सफलताका मिल्नेछ । सन्तान लाभ हुने सम्भावना पनि छ । न्याय क्षेत्रमा रहनेहरूका लागि महत्वपूर्ण स्थान मिल्ने वर्ष हुनेछ । राजनीतिमा सवैलाइ समेटेर नेतृत्व गर्ने स्वर्ण अवसर पाउने मौका हात लाग्नेछ । स्वदेश तथा विदेशमा सम्मान पाउने योग पनि छ । आषाढ, कार्तिक, माघ अनुकूल र श्रावण, मार्ग,चैत्र प्रतिकूल अन्य महिना मध्यम रहनेछन् ।
कन्या
समग्रमा कन्याराशिलाई यो वर्ष राम्रो रहनेछ । वर्षारम्भमा पञ्चम शनि बृहस्पतिको संयोग अतिनै महत्वपूर्ण हुनेछ । चतुर्थेश गुरु,पञ्चमेश शनिबाट हुने निचभङ्ग राजयोगका कारण ऐतिहासिक सफलता प्राप्त हुनेछ । नयाँ घर, नयाँ सवारी जोड्ने अवसर पनि मिल्नेछ । समाजमा तपाई र तपाईका शब्दले अरुको मन सजिलै जित्न सकिनेछ । न्याय क्षेत्रमा लाग्नेहरूका लागि योवर्ष निकै अनुकूल रहनेछ । विद्यार्थीहरूले अध्ययनका लागि छात्र वृद्धि प्राप्त गरी स्वदेश तथा विदेशमा प्रस्थान गर्ने अवसर पनि मिल्नेछ । प्रगति उन्नतिका लागि मित्र तथा परिवारले राम्रो सहयोग गर्नेछन् । विदेशिएर भुलिरहेका मित्रहरूले पुनः सम्झना गर्नेछन् । व्यापारमा राम्रो उन्नति भई धन आर्जनका अवसर पनि प्राप्त हुनेछन् । नयाँ प्रेम हुने पुरानो प्रेमले वैवाहिक मार्ग प्राप्त गर्ने योग छ । पति, पत्नीबीच हुने सुमधुर सम्बन्धले घरेलु र अन्य कार्यलाई समेत सहज बनाउनेछ । कूटनैतिक कार्यमा चमत्कारिक सफलता पाउन सकिनेछ । ज्ञान, विज्ञानका क्षेत्रमा हुनेहरूको लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक कार्यमा उल्लेख्य सम्मान पाउने योग छ । नोकारीमा आफ्नो दक्षता देखाउँदै आफूलाई अग्रस्थानमा उभ्याउने अवसर मिल्नुको साथै पदोन्नति स्थानान्तरण उचित समय उचित स्थानमा हुनेछ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः अढैया शनि प्रारम्भ हुँदा घरेलु समस्या बढ्ने, स्वास्थ गडवड हुने, मित्र तथ परिवारले साथ नदिने आर्थिक संकट बढ्ने हुँदा त्यो समय महत्वपूर्ण काम नगर्नु उचित हुनेछ ।
तुला
वर्षारम्भमा अढैया शनि चतुर्थ स्थानमा निच, गुरुको प्रतिकूल प्रभावले घरेलु समस्या निकै वढ्नेछ । मित्र तथा परिवारहरूको असहयोगले दैनिकीमा अप्ठ्याराहरू प्रसस्तै आउनेछन् । वहानाले पटकपटक धोका दिनेछ । शत्रुसँग मिलेर परिवार र मित्रले फसाउने प्रयत्न गर्नेछन् । स्वास्थमा अनेक पीडा र विशेषतः पेटमा समस्या आउनेछ । विनाकारणको विवादले सामाजिक कार्यमा भएको प्रतिष्ठा धुमलिने सम्भावना छ । कामको बीचमा अवरोध आउने, सहयोगीहरूबाट धेका हुने, दाजुभाइहरूले सहयोग नगर्ने हुँदा सानु कामलाई पनि धेरै प्रयत्न गर्नुपर्ने छ । परिवारिक समस्या र मित्रहरूको सहयोगमा व्यस्त हुँदा पढाईमा बाधा आउने, बौद्धिक कार्यमा बाधा आउनाले मन भरङ्ग हुनेछ । सन्तानसँग विमति आउने र लेखनमार्गमा बाधा आउने छ, शत्रु सक्रिय हुनेछन् । प्रेममा खटपट आउने, पतिपत्नीबबीच वढ्ने विमतिले निकै दुःखी बनाउनेछ । व्यापार र वैदेशिक कार्यमा अवरोध आउने योग छ ।श्रावण २१ गतेदेखि मार्ग १ गतेसम्म शनि बृहस्पति दुवै अनुकूल भएकोले मनमा उत्साह र शरीरमा स्फुर्ति बढ्नेछ । रोकिएका कामहरू बन्ने छन्, नयाँ र आयमूलक कामहरू हात पर्ने छन् । सहयोगी र दाजुभाइहरूको सोचमा परिवर्तन आउनेछ । पढाईमा अपेक्षित सुधर आउनेछ । नोकरीमा आएको अवरोध हटेर जानेछ । राजनीतिमा भने सफलता मिल्नेछ,महत्वपूर्ण काम यही समयमा गर्नुहोला । भाद्र, वैशाख, पौष, महिना उत्तम रहने छ । ज्येष्ठ, आश्विन, माघ प्रतिकूल र अन्य महिना मध्यम रहनेछन् । शनिदेवको आरधना गर्नु वेश हुनेछ ।
बृश्चिक
वर्षारम्भमा ग्रह गोचर राम्रो रहने छ । सानातिना समस्या आए पनि समग्रमा सफलता धेरै पाउने वर्ष हो । पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग बलियोछ । सहयोगीहरूका सहयोग प्रयाप्त मात्रामा मिल्नेछ । दजुभाइबाट पूर्ण सहयोग मिल्नेछ । बोलीको प्रभाव राम्रो हुनुको साथै अरुको विश्वास सजिलै जित्ने अवसर पनि मिल्नेछ । कूटनैतिक कार्यमा महत्वपूर्ण सफलता पाइनेछ । पढनका लागि विदेश वा स्वदेशमा छात्रवृद्धि प्राप्त हुने योग छ । घर जग्गा जोड्ने तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सन्तान नहुनेका लागि सन्तान प्राप्ति हुने बलियो सम्भावनाका साथै भएका सन्तानहरूको तीब्र प्रगति हुने योग छ । व्यापारमा र वैदेशिक कार्यमा उचित लाभ उठाउन सकिनेछ । प्रेम गर्ने अवसर पनि मिल्नेछ । वैवाहिक सम्वन्धमा वाँधिने योग पनि बलियो सम्भावना छ । भाग्य बलियो भएकाले सामाजिक कार्यमा उचित सम्मान पाउने योगछ । नोकरीमा उच्चस्थान प्राप्तीका साथै स्वीकार्य स्थानमा स्थानन्तरण हुनेछ । औद्योगिक कार्यमा संलग्नहरूकालागि वर्ष फलदायी रहनेछ । कृषि तथा निर्माण व्यावसायिक व्यक्तिहरूका लागि पनि ग्रह गोचर राम्रो रहनेछ । श्रावण २१ देखि मार्ग १ गतेसम्म पुनः शनि साढेसाती आरम्भ हुने हुँदा समय अनि कठिन हुन्छ ।धन हानि हुने अनावश्य विवादमा फस्न सक्ने शत्रु वढ्ने स्वास्थमा अवरोध आउने योग छ । घरेलु समस्याले सताउने छ नोकरी तथा राजनीतिमा उतारचढाव आउने समय हो । विश्वास गरेकाले धोका दिनेछन् मन अशान्त हुनेभएकोले यो समय धैर्य गर्नु उचित हुनेछ । आषाढ,, कार्तिक फाल्गुन महिना प्रतिकूल रहनेछ । वैशाख, आश्विन, माघ अनुकूल रहने छ, अन्य महिना मध्यम रहनेछ ।
धनु
यसवर्ष ग्रह गोचर समग्रमा प्रतिकूल रहेपनि गुरुको अनुकूलताले वोलिको प्रभाव बढ्ने अरुको विस्वास ड्ने जितेर महत्वपुर्ण काम हरु प्राप्त गरि सफल वनाउन सकिने छ । मान सम्मान पनि पाउने योगछ मित्र तथ परिवारले पनि कुरा वुझेर सहयोग गर्नेछन घर तथा सवारि साधन जोड्ने अवसर पनि मिल्ने छ नयाँ मित्रको अगमन हुने परिवारको सदश्य सँख्या बृद्घि हुने सम्भावना पनि छ । सन्तावाट सहयोग सद्घभाव मिल्नेछ नोकारिमा पदोन्नति र राजनीतिमा प्रगति हुने वलियो सम्भावना रहेपनि श्रावण १ गते देखि कार्तिक २८ गते सम्मको समय भने शनि राहु र केतु तथ वर्षारम्भमा मंगल समेत प्रतिकूल हुनाले सानु सानु काममा पनि सफलता पाउन गारो छ । धन भण्डारन्मा शनिको वाश रहेकोले धन सन्ति हुन गारो छ । शत्रु बृद्धि हुनुको साथै स्वास्थमा बाधा आउने छ आर्थिक कारोवारमा विबाद वढ्नुको साथै लेन देनमा विबाद धेरै बढ्ने छ । सहयोगि हरुवाट सहयोग भन्दा वढि अवरोध हुने दाजुभाइ विच द्वन्द हुने परिवारि कलह बढ्ने सम्भावना यस वर्ष रहन्छ । प्रेमवियोग हुनाले मन अशान्त हुने छ पति पत्नी विचको विबाद निकै चर्कने छ संयम नभएमा विछोडको अवस्था सम्म आउन सक्छ । व्यापारमा धेरै अप्ठ्यारो आउने छ वैदेशिक कार्यमा अवरोधको सामना गर्नु पर्नेछ । उच्च रक्त श्राव वढ्नाले मुटुमस्तिष्कमा पिढा हुन सक्छ । विपरित लिङ्ग वाट झुटाअरोप लगाउने प्रयत्न हुन सक्ने हुँदा सचेत रहनु राम्रो । यो समय महत्व पुर्ण काम र निर्णय नगर्दा उचित होला ज्येष्ठ कार्तिक फाल्गुन राम्रो महिना हुन भने श्रावण मार्ग तथा चैत्र अशुभ अरु मध्यम रहने छ ।
मकर
साढे सातिको प्रभाव वर्ष भरिनै रहने छ । कहिले रासिमा निच तथ केन्द्रिादि राज्य भङ्ग योग वनाएर वसेको गुरु कहिले वाह्रौ धन मान हानि गरेर वस्ने हुनाले यो वर्ष प्रतिकूल रहने छ । अशान्त मन कडा मिजासका कारण आफन्त हरुवाट समेत आक्रमित हुनु पर्ने छ । धार्मिक पक्षमा मन नजाने झुटा मुद्घामामला फस्ने सम्भावना छ । उच्च रक्तश्राव बढ्नुको साथै मुटुमस्तिष्कमा पिढा हुन सक्छ । धन माल हराउनाको साथै दाँतमुख्मा पिढा पनि धेरै हुने छ । पेट दुखाइ र हड्ढि नासाको समस्या वर्ष भरिनै रहने छ । नोकरिमा सचेत नभएमा पटक पटक स्थानान्तरणका साथै पदमुक्त सम्म हुन सक्ने अवस्था आउन सक्छ । राजनीतिमा प्रसस्तै अप्ठ्यारा हरुको सामना गर्नु पर्ने छ सानु भूलको पनि परिणम भया वह बन्नसक्छ निर्दाेश भएपनि दोशि वनेर स्थान गुमाउनु पर्ने अवस्था आउन सक्ने भएकोले कसैको पनि विस्वास गर्नु सङ्कट निम्त्याउनुहो भन्न सकिन्छ । श्रावण १ गते देखि कार्तिक २८ गते सम्मको समय कठिन छ यो समयमा महत्व पुर्ण काम नगर्नु उचित होला । संयम भएमा पढाइमा उन्नति सन्तानको प्रगति र व्यापारमा लाभ उठाउन सकिने छ । वैदेशिक कार्यमा र कूटनैतिक कार्यमा राम्रै सफलता हासिल गर्न सकिने छ । नयाँ र भरपर्दा प्रेमको प्रस्ताव आउने र भएको प्रेम वैवाहिक वन्धनमा बाँधिने पनि वलियो सम्भावना छ । धार्मिक कार्यमा र सामाजिक कार्यमा संयम भएर अघि बडेमा लाभ उठाउन सकिने छ । आमदनिका अवसर हरु प्रसस्तै मिल्नेछ दिदि वहिनी र छोरि वुहारीको राम्रो सहयोग पाउनुहोला । वैशाख भाद्र पौष महिना अशुभ रहने छ । आषाढ मार्ग चैत्र शुभ र अरु मध्यम रहने छ
कुम्भ
ग्रह गोचर वर्षको धेरै समय प्रतिकूल रहने छ । वार्षारम्भमा आद्य साढेसाति र द्वितिय एकादशेस गुरु द्वादश भावमा वस्ने हुनाले सञ्चित धनको नास हुनुको साथै आमदानिका सवै मार्ग बन्द हुनेछन । अनावस्यक विवादले मानसिक सन्तुलन कायम राख्न गारो पर्न सक्छ । अरुवाट तिव्र आलोचना हुने र धन माल हराउने सम्भावना छ । उपलब्धिहिन कार्यमा समय खर्च हुने छ दाजु भइको र सहयोगि हरुको सहयोग प्राप्त भएपनि आफ्नै गलत विचारका कारण लाभ उठाउन सकिनेछैन । दाँत मुखमा पिढा हुने उच्च रक्तश्रावले गर्दा मुटुमस्तिष्कमा पिढा पनि वढ्न सक्छ । हड्ढि नसामा समस्या आउने सक्ने योगपनि छ । सन्तान सङ्ग विमति रहने योग भएपनि श्रावण २१ देखि कार्तिक महिना भरि समय अनुकूल रहने छ । यो अनुकूल समयमा धन प्रसस्त कमाउन सकिने छ वोलिको प्रभावले अरुलाई विस्वासमा लिएर अगाढि वढ्ने अवसर मिल्ने छ । उच्च मनोवल र नयाँ जोसका साथ अघि बढ्दा पुराना समस्या सुल्झाउने नयाँकाम काम हरु सुरु गर्न सहज हुनेछ । परिवार र मित्रवाट उचित सहयोवग मिल्ने छ। घर घरेडि तथा सवारी साधन जोढ्ने अवसर मिल्नुको साथै नोकरिमा उपयुक्त स्थानम स्थानान्तरण र पदोन्नति हुने योग छ । राजनीतिमा गुमेको स्थान पुनः प्राप्त हुनेछ । विज्ञानमा अनुसन्धान गर्न लागिपरेका हरुले चमत्कारिक सफलता हासिल गर्ने छन । व्यापारमा र वैदेशेकि कार्यमा राम्रो सफलता मिल्ने छ कूटनैतिक कार्यमा सफलत र राजनैतिक नियुक्तिको योग वलियो छ । महत्वपुर्ण काम यहि समयमा गर्नु होला वैशाख श्रावण र पौष महिना राम्रो रहने छभने ज्येष्ठ आश्विन माघ अशुभ रहनेछन अन्यमा मध्यम
मीन
समग्रमा ग्रह गोचर अनुकूल रहेपनि चौथा रहुको प्रतिकूल प्रभावले केहि कठिनाईको सामना पनि गर्नु पर्ला । बर्षारम्भमा एकादश भावमा रहेको शनि गुरुको अनुकूलताले प्रसस्त आय आर्जन गर्न सकिने छ । तपाईको सत्यतालाई सवइले स्विाकार्ने र साथ दिदै सफल हुन सहयोग गर्ने योग छ । सरिर स्फुर्तिलो हुनाले रोकिएका पुराना काम हरु तिव्रगतिमा अघि बढ्ने छ । नयाँकामका अवसर हरुपनि मिल्ने छन सहयोगि हरुवाट राम्रो सहयोग र दाजुभइ तथा दिदि वहिनी हरुले सहयोग गर्ने हुँदा बर्ष निकै अनुकूल रहने छ । न्यायिक वैज्ञानिक र साहित्तिक क्षत्रमा भएका हरुले ऐतिहासिक सफलता प्रप्त गर्न सक्ने छन । सन्तान प्राप्ति र भएका सन्तावाट सहयोग र सम्मान प्रयाप्त मिल्ने योग छ । वैदेशिक व्यापारमा लाभ वैदेशिक सैक्षिक छात्र बृद्घि र कूटनैतिक कार्यमा रहेका हरुलाई योवर्ष ग्रहले पुर्ण साथ दिनेछ । नयाँप्रेमको प्रस्ताव र पुराना प्रेम थता विनाप्रेमका हरुको पनि वैवाहिक वन्धनमा वाँधिने योग पनि छ । धार्मिक कार्यमा र सामाजिक क्षत्रमा सफलताको साथै सम्मान पाउने योग छ । नोकारिमा लाभप्रद स्थानमा स्थानान्तरण र पदोन्नति हुने वलियो सम्भावना छ । राजनीतिमा ऐतिहासिक सफलता मिल््ने छ । श्रावण २१ गते देखि केन्द्रादि दोश वोकेर गुरु चण्डाल योग समेत चतुर्थ राहु र दशम केतुको प्रतिकूलताले मित्र हरुसङ्ग विमति परिवार हरुको असहयोग र आमा वुवा सङ्ग केहि मद्भेद हुन सक्ने भएकोले त्यस प्रति सजग रहनु होला महत्वपुर्ण निर्णयहरु सके सम्म यो समयमा नगर्नु उचित हुने छ । ज्येष्ठ भाद्र माघ अनुकूल रहने छ भने अषाढ कार्तिक फाल्गुन प्रतिकूल अन्य महिनाहरु मध्यम रहने छ

nema
Show More

Related Articles

Check Also
Close
Back to top button