नेपाली कांग्रेस
आधुनिक लोकतान्त्रिक नेपालको निर्माता वीपी : निधि
BP Bichar९ श्रावण २०७७, शुक्रबार ०६:४३
2 1 minute read
आधुनिक लोकतान्त्रिक नेपालको निर्माता वीपी :
७ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका उपभासपति विमलेन्द्र निधिले विश्वेश्वरप्रसाद (वीपी) कोइराला नै आधुनिक र लोकतान्त्रिक नेपालका निर्माता भएको बताएका छन् ।
वीपीको ३८ औं स्मृति दिवसको सन्दर्भमा नेपाली जनसम्पर्क समितिले अमेरिकाद्वारा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरणलाई राणाबाट मुक्त गराएर वीपीले लोकतान्त्रिक राज्य बनाएको उल्लेख गरे ।
‘वीपी विचार र आजको राजनीतिक सन्दर्भ’ विषयक कार्यक्रममा बोल्दै पृथ्वीनारायण शाहले देश सिंगो निर्माण गरेको भए पनि नेपाल राष्ट्र हुन नसकेको भन्ने उहाँको विचारको कम्युनिस्टहरूले विरोध गरेको स्मरण गरे ।
कांग्रेसको अगुवाईमा स्थापना भएको प्रजातन्त्र जनवादी केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टहरूका कारण संकट परेको उल्लेख गरे । तर त्यो संकटबाट पार लगाउने काम पनि कांग्रेसले नै गर्ने निधिले दाबी गरे । कम्युनिष्ट, राजावादी र संघीयता बिरोधी चित्रबहादुर केसीलाई कांग्रेसले नै लोकतन्त्रको पक्षमा ल्याएको निधिको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समन्वय समितिका संयोजक गोविन्द भट्टराईले राणा शासनबाट मुक्त गराएर आधुनिक नेपालको सुरुआत वीपीले नै गरेको स्मरण गराए।
स्राेतःअनलाइन खबर

BP Bichar९ श्रावण २०७७, शुक्रबार ०६:४३
2 1 minute read