विचारUncategorized

राजनीतिमा रुपान्तरणको बहस

twitter sharing button
messenger sharing button
sharethis sharing button


कुलचन्द्र वाग्ले

राजनीतिक दलहरु आआफ्ना महाधिवेशन र सम्मेलनको तयारीमा छन् । तयारीसँगै पार्टीहरुभित्र रुपान्तरणको बहस सुरु भएको पनि सुनिन्छ । रुपान्तरणको विषय बहस संस्थापन पक्षबाट आधिकारिक प्रस्ताव९एजेन्डा० का रुपमा भन्दा पनि सम्बद्ध नेताहरुबाट खासगरी विचार मन्तव्यमा प्रस्तुत गरिएका छन् । नेपाली समाजमा समेत दलहरुमा रुपान्तरण आवश्यक रहेको महसुस भएको भनाइ प्रशस्तै सुनिन्छ ।

रुपान्तरण भनियोस् कि परिमार्जन यो सबैमा नियमित प्रक्रिया नै हो । प्रकृतिमा क्रमशः रुपान्तरण आइरहेको छ । संस्कृतिमा पनि र जीवन पद्धति पनि परिमार्जित हुँदै रुपान्तरण भएको अनुभूति गर्न सकिन्छ । एक पुस्ताअघि अर्थात् बा पुस्ताका बेला जो हाम्रो भोगाइ र देखाइमा आएकोे थियो त्यतातिर फर्किएर सम्झियौँ भने धेरै परिवर्तन भएको महसुस हुन्छ ।

समय सन्दर्भले रुपान्तरणलार्ई अनिवार्य नियमित प्रक्रिया बनाएको छ । नेपालकै राजनीतिमा पनि क्रमशः वा क्रान्तिमार्फत् झट्ट रुपान्तरण आएको हाम्रै पुस्ताले थुप्रै अनुभव सँगालेको छ । त्यस्तै संस्कृति,पद्धति र प्रक्रियामा पनि नियमित परिवर्तन भइरहेछ ।

म्गदभच लभउब
ि
ब्नबलष् न्चयगउ

थ्बmबजब

कति राम्रा भए, परिवर्तन कति नकारात्मक दिशामा मोडियो रु अध्ययनकै विषय भयो ।

प्रसंग नेपालको राजनीतिमा रुपान्तरण हो । कुनै खास दल तोक्न जरुरी देखिएन । सबैजसो दलभित्र दुई विषयमा रुपान्तरणको बहस केन्द्रित सुनिन्छ । राजनीतिक रुपान्तरण प्रकृतिमा आउने परिवर्तनजस्तो स्वाभाविक हुँदैन । विचार, नीति र कार्यक्रमको सामयिक परिवर्तन आत्मसात गर्नसक्दा मात्र राजनीतिमा रुपान्तरण सम्भव छ । यतिबेला दलहरुभित्र नेतृत्व र नीतिमा सामयिक परिमार्जनको बहस आकर्षित भएको छ ।

न्यिदब िदबलप
प्रायः पुराना सबै दलको नेतृत्वमा अहिले पुरानो पुस्ता नै आसीन छ । संस्थापकहरु नरहे पनि अहिलेको नेतृत्व आन्दोलन हाँकेको पुस्ता हो । रुपान्तरणको बहसमा उत्साहितहरु नेतृत्वमा रहेको पुरानो ज्येष्ठ पुस्तालाई सम्मान र अभिभावकत्व ग्रहण गरेर दोस्रो पुस्तालाई अघि सार्न अनुरोध गरिरहेको छ । पहिलेभन्दा यतिबेला रुपान्तरणको बहस अलि जब्बर चाहिँ सुनिएको छ । बहस सुन्दा वा आवश्यकता बोधले अब आउने नेतृत्वको दोस्रो तहमा दोस्रो वा युवा वर्गको धेरै सहभागिता बढ्ने प्रबल सम्भावना देखिन्छ ।

अहिले पनि दलहरुको पदीय तहमा वय वर्गको धेरथोर उपस्थिति देखिन्छ । वय मात्रै नेतृत्व रुपान्तरणमा खास विषय भने होइन । नीति र सक्रियता रुपान्तरणको संवाहक हो, ‘एजेन्डा’ हो । विगत र विश्व उदाहरणमा पनि केही ज्येष्ठ पुस्ताको नेतृत्वले भरपर्दो परिणाम दिएको देखिएको छ । तर, ऊर्जाशील मानिने युवा उमेर नीति परिमार्जनमा पनि प्रभावकारी हुने मान्यता धेरैले लिएको पनि सत्य हो ।

संगठनात्मक संरचनामा नेतृत्व एकल हँुदैन । एक्लो नेता जुनसुकै उमेर समूहको भए पनि उसले संगठन संरचनाभित्र ऊर्जाशील वय समूहको संयोजन मिलायो भनेमात्र गतिशील र प्रभावकारी परिणाम दिन सक्छ । समय र समाजको अपेक्षालाई सम्बोधन गर्नसक्ने विवेकशील नेतृत्वचिन्तन रुपान्तरणको खास माध्यम हो ।

व्यक्तिको पदस्थापन वा बहिर्गमन संगठन रुपान्तरणको स्थूल माध्यम मात्रै हो । यो ‘हार्डवयर’ हो ‘सफ्टवयर’ त नीति, चरित्र, विधि पालना र टाढाको समयलाई गहिरिएर देख्ने क्षमता हो – अर्थात् दूरदृष्टि । यसरी हेर्दा रुपान्तरणको बहस नीति र विधिमा केन्द्रित हुनु वाञ्छनीय छ । पदमा असीन व्यक्तिको परिवर्तन त अन्ततः समयले नै पनि गरिदिन्छ ।

यतिबेला नेतृत्व पुस्तान्तरणको आकर्षक अपेक्षा जसरी बहसमा आएको छ, यसको कारण पनि छ । स्थापित नेतृत्वले अपेक्षित परिणाम दिन नसकेको वा नसक्ने निष्कर्ष त्यो कारण हो । भलै कोही बाहिरिँदा आफू भित्रिने अपेक्षा कतै हुनसक्छ तर यसको कुनै, कसैलाई प्रत्याभूति हुँदैन । समाजले परीक्षण त सबैको गरेकै हुन्छ, को कति पानीमा रु हेरिरहेकै छ । पहिलो तहको नेताहरुलाई असमर्थ करार गर्दा दोस्रो वा अरु तहको नेतृत्व सक्षम भन्ने हँुदैन । जो जहाँ छ, त्यहाँ उसले दिएको परिणाम के, त्यो हेर्ने हो ।

दलहरुभित्र रुपान्तरणको बहस अपेक्षा गरेको अहिलेको खास पुस्ता दोस्रो र तेस्रो तहको नेतृत्व हो । पहिलो तहको परीक्षणमा बाँकी रहे पनि तिनीहरु जो जहाँ छन् त्यहाँ हामीले पनि परीक्षा दिइरहेका छौँ भनी सोच्दा यथार्थ बोध गर्न सहज होला ।

रुपान्तरणको कारण र माध्यम जटिल भए पनि आवश्यक चाहिँ हुन्छ नै, कुरा बेलाको हो । समयसँगै यो अनिवार्य हुन्छ ।

दलहरुभित्र रुपान्तरणको बहस अपेक्षित नै हो, अनुचित पनि होइन । यो कसैले टारेर पनि टर्दैन । नेपाली राजनीतिमा यतिबेला खट्किएको खाँचो के हो रु यही प्रश्नको उत्तर खोज्दा रुपान्तरण र परिमार्जनको विषयलाई केन्द्रित पहिचानमा पहिल्याउन सकिन्छ । अन्यथा रुपान्तरणको अपेक्षा सही दिशाभन्दा अन्यत्र भड्किन पुग्छ ।

पुस्ताको कुरा गर्दा त राजनीतिक संगठनमा मात्रै किन सबै संगठनको संरचनामा पुस्ता दरपुस्ताको संयोजन हुन्छ । कुनै खास वर्ग वा पुस्ताले मात्रै संगठनको निरन्तरता र इतिहास बन्दैन । संगठनको संरचना पनि घर परिवारकै आकृतिमा प्रतिविम्बित हुने बोध हो । परिवार कुनै एक पुस्ताको मात्रै उपस्थिति होइन । नेतृत्व कौशल पनि यही अर्थको संरचना दिन सक्नुमा देखिन्छ ।

अहिलेको अग्रज नेतृत्व कुनै दिन युवा थियो । अहिलेको युवा नेतृत्व पनि पछि अनुभव र उमेरले अग्रजका स्थानमा नै पुग्ने हो ।

समयको गति यस्तै छ । समयले दिने त दिन्छ नै विचारले दिने रुपान्तरण चाहिँ समयभन्दा अग्रगामी पनि हुन्छ । यसैलाई दर्शन भनिन्छ नि । विगतको स्मृति, वर्तमानको गति र आगतको बोध अनुकूल चल्नसक्ने नीति, नेतृत्वलाई नै सायद रुपान्तरणको माध्यम ठानिन्छ ।

रुपान्तरण एक नेताको उद्देश्य र सफलता तब हुनसक्छ जब उसले प्रभाव र परिणाम दिनसक्छ । तर त्यो काम एक्लै गर्न कसैले सक्दैन । एक नेताले नै सही उसले धेरैलाई जोडेरमात्र त्यस्तो प्रभाव परिणाम निकाल्न सम्भव हुन्छ । रुपान्तरण धेरैको सम्मिलनको परिणाम हो, एकल होइन । रुपान्तरणको विषय पनि एउटामात्रै हुदैन, बहुविषयक हुनुपर्छ ।

अहिले दलहरुभित्रको रुपान्तरणको बहसमा पनि बहुसम्मिलन जरुरी छ । दलहरुभित्र रुपान्तरण हुन नीति, चरित्र र नैतिकताको खाँचो छ । चारैतिर आएको गुनासोले राजनीतिक चरित्र, सैद्धान्तिक निष्ठा र जनताप्रतिको प्रतिबद्धतामा कमी छ भन्ने नै बुझिन्छ । दल र नेतृत्व यही विषयमा चुकेको दुःखेसो समाजमा छ, असन्तुष्टि छ ।

लोकतान्त्रिक संस्कृतिप्रति निष्ठावान भए, इमानको राजनीति र चरित्र स्थापित गरे दलहरुप्रतिको अहिलेको सामाजिक गुनासो धेरै मेटिन थाल्नेछन् । यस अर्थमा दल र तिनका नेताले चरित्रमा पवित्रता ल्याउनु पहिलो रुपान्तरण हो ।

रुपान्तरणको अपेक्षा गर्ने नेतृत्व पुस्ताले पनि राजनीतिक इमानको प्रत्याभूति व्यवहारबाटै दिए समाजमा दलहरुप्रति सम्मान र नेतृत्वप्रति विश्वास बढ्नेछ । रुपान्तरणको सपना, जपना केही हदमा साकार हुन सम्भव छ । अन्यथा रुपान्तरणको अपेक्षा शब्दको जपना मात्रै हुनेछ । राजनीतिमा निकट नेतृत्वको आगामी पुस्ता कस्तो होला ।

साभाारः१२ खरी

nema
Show More

Related Articles

Back to top button