समाचार

काठमाडौँमा जारको पानीमा किरा भेटियो

अशोज २३, २०७७

काठमाडौँ– काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका, मुलपानी ८ स्थित सिध्दीलक्ष्मी अक्वा पानी उद्योगबाट उतपादित पानीमा किरा फेला परेको छ।
उक्त उद्योगको १९ लिटर जारको पानीमा किरा फेला परेको राष्ट्रिय उपभोक्ता मञ्चले जानकारी दिएको हो। मञ्चका अनुसार पानीमा किरा फेला पर्नुका साथै उक्त उद्योगले ५० रुपैयाँ पर्ने पानीको जारलाई ६० रुपैयाँमा बिक्रि वितरण गरेको पनि पाइएको छ।
उक्त उद्योगलाई कारबाही गर्न उपभोक्ता मञ्चले माग गरेको छ। २० लिटर जारको पानीको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँभन्दा बढि लिन नपाइने गरी व्यवसायी, उपभोक्ता र वाणिज्य विभागबिच साउन २४ गते सहमति भएको थियो।
तर उपभोक्ता संरक्षण ऐन, ०७५ तथा खाद्य ऐन, २०२३ विपरित अनुचित तथा गैरकानूनी व्यापारिक क्रियाकलाप गरेको पाइएकाले हदैसम्मको कारबाहीका लागि सरकारसँग माग गरेका उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए।
स्राेतःदेश सञ्चार
Show More

Related Articles

Back to top button