राष्ट्रियताको आधार – विश्वेश्वरप्रसाद कोइराला
२०१७ साल पुस १ गतेका दिन केवल प्रजातन्त्र मात्र निमोठिएन कि विदेशी हस्तक्षेपलाई पनि निम्त्याइयो, मेरो त्यो भनाइ छ । हाम्रा साथीहरुले त्यही कुरालाई बुझेका छैनन् । त्यस दिनदेखि जनताको पक्षको राजनीति सिद्धियो । जनता पक्षको राजनीति बाहिर गएर गर्नुपर्ने भयो । तर, विदेशीबाट सञ्चालित राजनीतिको निम्ति यो ठाउँ खुला भयो र त्यसको परिणाम अहिले आएर राजासम्मले भोग्नुपरेको छ । अस्ति राजाको सामुन्नेमा बोल्ने मान्छे राजाको मान्छे होइन । जो राजालाई मञ्चमा राखेर बढी–बढी बोलिरहेको थियो, त्यो राजाको मान्छे होइन । र, अस्तिका दिन, त्यसको भोलिपल्टका दिन जो
पुस १ गतेको कार्यक्रमका लागि मान्छेहरु खटिएका छन्, त्यसमा एकजना पनि राजाको होइन । त्यो परिस्थिति पुस १ गते २०१७ सालले ल्याएको छ । मैले के भन्न खोजेको भने, यसलाई बुझ्नुप¥यो । यो बुझिदिएको खण्डमा हामी ४÷५
वर्षपहिले आएको कारण बुझिन्छ र अर्को कुरो बुझिन्छ– जो तपाईंहरुले भित्ताहरुमा देखिरहनुभएको छ, ‘काङ्ग्रेस–पञ्च गठबन्धन मुर्दावाद’ भनेर । त्यो तत्त्व, जसको रजाई चलिरहेको छ,अहिलेसम्म, त्यसले तर्सिएर म आएदेखि
उत्पात गरिरहेको छ । उत्पात भनेको मतलब, अहिले विराटनगरमा काण्ड भयो । हामीलाई थाहा छ, कसले गोली चलाएको भनेर । सरकारलाई थाहा छ
र हामीहरुलाई थाहा छ, कसको संरक्षणमा त्यो भएको छ । अनि दोष लागिरहेको छ विजय गच्छदारलाई । यहाँका अखबारहरुले त्यसलाई प्रचार गरिरहेका छन् । सबैलाई थाहा छ, कसले हानेको हो त्यो गोली भनेर । कसको
पिस्तोल हो, त्यो पनि सबैलाई थाहा छ । पुलिसको जिम्मामा र अञ्चलाधीशको जिम्मामा त्यो पिस्तोल छ र हान्ने मान्छे उनीहरुलाई थाहा छ । यस किसिमको
उत्पात यहहाँ भइरहेको छ र त्यो उत्पात अझ बढ्छ ।
अर्का एउटा कुरा सन्नसु । एउटा रुस समथर्क कम्युनिष्टलाई साधे छ एकजनाले – तपार्इ पहिले कम्युि नष्ट कि पहिले नेपाली ? उहाँले त्यसको क्यै जवाफ दिन सक्नुभएन । भन्न सक्नुभएन म– ‘नेपाली हु भनेर । उहाले म मानव भन्नुभयो । मानव त कस्तो शब्द हो भने नेपाली भएर पनि उहाँ बाच्न सक्नुहुन्छ
मानव भएर । नेपालको अहित गरेर पनि उहाँ मानव भएर बाच्न सक्नुहुन्छ र ?
उहाँलाई कसैले सोधेन । त्यो मान्छेले फेरि सोधेन कि मानव भन्नेबित्तिकै त्यो अनेपाली हुन सक्दैन र त्यसो हुनाले मानव त सबै मानव हुन् । रुस पनि मानव
हो अफगानिस्तानमा रुसको पल्टन पनि मानव हो । पल्टनको गोलि खाएर मर्ने मानिस पनि मानव हो । ४ वर्षअघि, हामी आएदेखि हमेसा मैले यही भनेको छु कि यो १ गतेका
दिन जुन काण्ड महाराजाधिराजले गरे, त्यो केवल मलाई थुने भन्ने मेरो गुनासो होइन, प्रजातन्त्रलाई समाप्त गरे भन्ने मात्र गुनासो होइन । त्यो ठूलो गुनासो
हो । तर, त्यो मात्रै गुनासो होइन । त्यस दिन उनले विदेशी हस्तक्षेपलाई निम्त्याएर अहिले उनी पङ्गु भएर बसेका छन् । र, मैले यहाँ सबैको अगाडि
भनेको छु । दरबार भनिन्छ र दरबार भन्नेबित्तिकै राजा भनिन्छ । अबुझ हाम्रा वकिलहरु, अबुझ प्राध्यापकहरुले दरबार भन्नेबित्तिकै राजा भनिदिएका छन् ।
त्यो दरबारमा, के भनेको छ भने विदेशीहरुको घुसपैठ अरु ठाउँमा हुन सक्छरे, दरबारमा हुन सक्दैन रे । विदेशीहरुको घुसपैठ हाम्रो पार्टीमा हुन सक्छ रे, सरकारका अरु यन्त्रहरुमा हुन सक्छ रे, तर दरबारमा राजा आफू मात्र छन् रे । यस्तो मूर्खतापूर्ण तर्कहरु मेरा मित्र वकिलहरु दिन्छन् । त्यसो हुनाले के
भइरहेको छ भने नजानिँदो किसिमबाट यो विदेशीहरुद्धारा एउटा जुन सञ्चालित थियो, छ, त्यसमा मद्दत हामीहरुले पु¥याइरहेका छौं । आजकाल मलाई अलिकति विश्वास किन बढिरहेको छ भने मान्छेहरुले बुझिसकेका छन् । मान्छेहरुले धेरै बुझिसकेका छन् । पहिले बुझेका थिएनन् । जब मसँग बहस
गर्न भनेर आउँथे कि विदेशीहरुको हस्तक्षेप भयानक ठूलो परिमाणमा छ भनेर भन्ने कुरो अब बुझेका छन् । त्यसो हुनाले, मेरो काम सजिलो भएको छ । मलाई अब रोष पनि लाग्यो, म काम पनि उति गर्न सक्दिनर म उति
सक्रिय पनि हुन सक्दिन। मेरो तपाईंहरुलाई यति नै भन्नु छ कि नेपाल बाच्ने हो भने बाच्छ । त्यो पनि मलाई बाच्ने हो भन्ने पनि छैन । यो विदेशीहरुले जस्तोसुकै टाउको फोरे तापनि । जस्तोसुकै हत्याकाण्डको एउटा लहर जो यहा ल्याउछन्, ल्याउछन्, ल्याउछन्, तर हाम्रो देश रहन्छ, रहन्छ, रहन्छ र त्यसका दुईओटा आधार छन् । एउटा आधार हामीहरुको भित्र तराईवासी हुन्, नेवार हुन्वा पर्वते हुन्, एउटा कता–कता लुकेको राष्ट्रिय भावना छ । त्यसो हुनाले त्यसले
र्दाखेरि हामीहरु बाचेका छौं । अर्को त्यसको साथ–साथ, हामीहरुमा प्रजातन्त्रको पनि एउटा बडो ठूलो विश्वास छ । यी दुईओटाको सम्बन्ध प्रत्येक नागरिकलाई छ । म एजेन्टको कुरा गर्दिन। एजेन्ट त अमेरिकामा पनि छन्, रुसमा पनि
छन् र रुसको विरुद्ध काम गर्ने रुसी एजेन्ट नै छन् । अमेरिकाको विरुद्धमा काम गर्ने अमेरिकन नै एजेन्ट छन् । तिनीहरुको मैले कुरा गरेको होइन । मैले के भनेको भने नेपाली अधिकांश, बडो राष्ट्रिय भावना भएका छन्, राष्ट्रिय भावनाको एउटा बडो बलियो चरो छ । त्यसले गर्दा हामीलाई कसैले समाप्त गर्न सक्दैन । अब यो कुरो बुझेको खण्डमा राजाका सम्बन्धमा राजा त एउटा तत्त्व हो, हाम्रो राष्ट्रिय जीवनको एउटा तत्त्व हो । यो कुरो हामीहरुले बुझ्यौं कि विदेशीहरुको यहा“ ठूलो चाल भइरहेको छ हामीलाई समाप्त पार्ने । त्यसो भयो भने राजाको के स्थान हुन सक्छ, हामी बुभ्न सक्छौं । राजा भनेको अलग हो भनेर हामीले सोच्नुपर्दैन । त्यसो हुनाले, जब म भन्दछु, राजाको एउटा आवश्यकता छ, म त्यस कारणले भन्दछु कि यहा“ विदेशी हस्तक्षेपको खिलाफ
एउटा केन्द्रबिन्दु त्यो हुन सक्छ । मलार्इ आएर एक दिन भन्नभुये हृषिकशे शाहजीले हेइन तपार्इ विदेशी हस्तक्षप देखनु हुनछ, म त देखदिन । मैले भने ‘त्यसे भए यत्रे ठुलेँ सख्यामा
विदेशीहरु चुप लागेर दर्शक भएर बसेका छन् त? यहाँ के उनीहरु कतैपट्टि नलागेर केवल दर्शक भएर हेरिरहेका छन्– के गर्दछ त नेपालीले भनेर ? उहा एकदिन यह्री आउनुभएको थियो, चार घण्टा बसेर जानुभयो । मैले
उहासंग भने शाहजी, तपार्इ अहिले के राजनीति गदै हुनुहुन्छ?
उहाले भन्नुभयो, ‘म राजालाई कमजोर पार्ने काम गर्छु र म जातीय समहू हरुलार्इ बढाउछ । यहाका साम्प्रदायिक समहू हरुलार्इ प्रात् साहित गर्छ । उहाले मलार्इ स्पष्ट भन्नभु ये ‘अनि मलै भने उहाल इर्, ‘अहिल हिन्दस्तानले वा
कुन शक्तिले नेपाललाई कमजोर गर्नुप¥यो यो भने यहि दुई ओटा कुरा गर्छ कि गदैन ?
गर्छ उहाँले भन्नुभयो । , मैले भने तपाई राष्ट्रिय दुष्टिबाट त्यहि काम गर्नुभैरहेको छ, जा कि विदशीहरुलार्इ अनकुल परिरहेको छ ।
‘अनकुल परे म के गरु उहाँको भनाइ थियो । अनि अरु के गर्नुभयो ?
‘तराइबासी बडा उपेक्षित भए ।’ मलै भने ‘के अरु बाट उपेि क्षत भए, म पनि त
तराइबासी ।’ उहाले भन्नुभयो ‘तपार्इ त पवर्त मलै मधिसके के गरके ।’
मैले भनें, ‘तराईमा ट्र्याक्टर, जीप र कही–कही त हात्ती नभएको कुनै गाउँ
छैन, तर पहाडमा त्यस क्षमताको, लखपति भन्ने मानिस शायद विरलै होलान् । पढाइ–लेखाइको दृष्टिबाट हेर्नुहुन्छ भने आजकाल तराईमा कुनै गाउँ होवैन
होला, जसमा ग्य्राजुएट वा एम।ए। नहुन् । पहाडमा म सयकडौं गाउँ देखाइदिन
सक्छु जहाँ कोही म्याट्रिक पनि छैन । तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन, पहाडमा मान्छेले लाहुरे हुन गएनन् वा भारतमा भर्ती हुन गएनन् भने उहाँ भोकभोकै बस्नुपर्छ । त्यो म देखाउन सक्छु भने ती के कुरामा
उपेक्षित छन ।
मैले त्यो भन्दा उहाँ के भन्नुभयो भने, ‘सरकारी कर्मचारी नोकरीमा ।’ मैले भनें, ‘सरकारी कर्मचारीमा तपाईं यो मापदण्डबाट हेर्नुहुन्छ भने नेवारहरुको अत्यधिक बहुमत छ । शायद ६० प्रतिशत । र, जनसंख्याको हिसाबबाट नेवारहरुको
६ प्रतिशत छ । जसलार्इ तपार्इ मदिसे भन्नहुद्नछ, तराइराइ वासी जसमा म पनि सामले छु ४५ प्रतिशत छन् । सयजना भर्ती गनपर्या भने नवे ६ जना आउछन् । तराइर्का ४५ जना हन्छन् । अनि अर्का ४९ पवर्त हन् छन् । यता
नोकरीमा ६० प्रतिशत नेवार छन् । तराईलाई ४५ प्रतिशत दिनुपरयो भने नवेरहरुका भागबाट काटेर दिनपुरछ, पवर्ते हरुबाट त काटिने रहने छ । यहा तपाईं जसलार्इ उचाल्न खाज्नहुन् हुद्छ, त्यसबाट नै अर्का जातीय समहू का भाग काटिदो रहेछ । पर्वतेको भाग काटिने रहेनछ । बरु, पर्वतेले त्यो नेवारको भाग पाउन सक्छ । तपाइ ले त्यही खाजे के हाइेन रु’
त्यस कुराको जवाफ छैन । मैले कुरा गर्दा तीन–चारजना अरु पनि थिए, तर
उहाँ ‘तराईलाई उपेक्षा छ, जातीय समूहहरुलाई म बढाउँछु भन्दै हुनुहुन्थ्यो ।
म फेरि पनि भन्छु, यहाँ एउटा उचाल्ने कोशिस के हुन्छ भने मधेसमा पहाडी र मदिसेका झगडा गराइदिने । म पहाडिया रे । मेरो परिवार ७२ वर्ष भयो विराटनगरमा बसेको । विराटनगरको स्थापना मेरो पिताजीले गरेको हो । त्यहाँको
मन्दिर मेरो पिताजीले बनाउनुभएको हो । म त्यहाँ को, विराटनगरको प्रवक्ता हुन
सक्दिन रे । १० वर्षअघि पूर्णियाबाट आएको एउटा हिन्दुस्तानीले नागरिकता लियो,
त्यो त्यहाँको प्रवक्ता हुन पाउँछ रे । म हुन पाउँदिन ? । त्यस्तो यहाँ प्रचार चलिरहेको छ ‘पर्वते र मधिसे’ भनेर ।
अहिले तराईको उपेक्षा भयो भन्नेहरु यता १०–२० वर्षमा नागरिक भएर आएका छन्, तिनीहरुले उठाएके प्रश्न हे । तर, तरार्इि भत्र, मलै एउटा अर्का । त्या म पवर्त हे रुलार्इ भन्न खजिरहके छु । त्यहा यत्रा ठालू राष्ट्रियताको भावना छ, मलाई व्यक्तिगत अनुभव पनि छ र मैले आफ्नो अध्ययन पनि गरेको छु । तपार्इ कुनै मधिसेलार्इ बाहिर गएर जागिर खाएर उतै घरजम गररे बसका देख्नु भएको छ । म हजारओटा पर्वतेलाई देखाइदिन सक्छु । त्यसो कोशिस
गरिरहका छ कि म ग्रीनकार्ड पाउँछ र अमे रिकामा गएर बसै भनेर । अनि अर्का
कुरा, एउटा तराईवासीको मसँग भेट पयो न्यूयोर्क हस्पिटलमा । मेरो गम्भीर अप्रेसन भएर म लठ्ठ थिए , त्यस अवस्थामा ऊ आएको थियो । म राम्ररी बोल्न
सक्दिनथे । मैले चिनेकै छैन त्ये मान्छे । आये र बस्ये । मेरा गाडे ा छाये र करु ा
ग¥यो । मलै तपार्इ को हो भन्दा भन्दा ‘म वल्र्ड बैकमा मा काम गर्छु भन्यो आफ्नो नाम बतायो ‘म कवे ल एउटा चके तपाइर्लं र्इ दिऊ“ भनरे आएको भन्यो । । चेक १० हजार
डलरको छ । त्यहाँ धेरै छन् नेपालका ऊभन्दा धेरै कमाउने । डाक्टरहरु छन् । उनीहरुले मलाई मद्दत गरेका छन्, मानेका पनि छन् तर एकमुष्ट उसले १० हजारको चेक दियो, त्यति त के, हजारको चेक पनि कसैले दिएको छैन । अनि
मैले उसलार्इ भन,‘या े १० हजार डलरको चेक तिमीसँग ? तिमीसँग कति रुपैया छ ,
उसले भन्यो, ‘१० हजार ३ सय डलर मसँग छ ।’ उसले सात वर्षमा कमाएर बचाएको सबै रकम मलाई दियो । ‘अहिले यति चाहिदैन , पछि लिउला भनेर मैले
भन्दा उसले के भन्यो भने तपाईले काममा मरे रुपयै काम लागने भन े मरे ो
रुपैयाको के मूल्य ?
त्यो मान्छे बर्खामा यहाँ आएको थियो । आएर मलाई के भन्यो भने, ‘मलाई जहिल पनि २४ घण्टा आफ्ना गाउँका सम्झना आउँछ । मलार्इ भसंका सम्झना
आउ“छ, भ मा चढके सम्झना आउ“छ, मलै े गल ली डण्डा खले के ा े सम्झना
आउँछ । मैले पोखरीमा नुहाएको सम्झना आउँछ । म त राति सुत्दा सपना देख्छु । दिउसोमा पनि त्यही सम्झन्छु । त्यसो हुनाले मैले गाउँ नगई भएन भनेर म ऐले
गाउँ आए ।’ त्यसलाई भूटानमा शायद सरुवा गरेको छ ।
उसले भन्यो, म गाउँमा आए । बर्खा थियो । बर्खामा जान बाटो
थिएन । म यही सुट लगाएर हिँडेर पुगें तीन माइल । मैले त्यहाँ केही गर्न सकेको छैन ।’
मलै मनमा भन्यो त्या े कति राष्ट्रिय भावनाका े छ । तपाइर्हं रुमध्य े कतिल े भन्न सक्नुहुन्छ त्यसले भनेको जति । भन्छ, ‘मलाई दिनरात आफ्नो गाउँको सम्झना
आउँछ ।
मेरो डाक्टर छन् यहाँ । आफ्ना हजारौ रुपयैयाँका प्राक्टिस छाडे रे मसँग यहाँ ।
दिनरात लागेका छन् । यहाँ तपाईंहरुलाई थाहा छ ्? मलाई चौबीसै घण्टाका लागि एउटा डाक्टर चाहिन्छ भन्दा सुन्दरमणिले भने, ‘त्यसरी
कसरी पाइएला र ?
तर ऊ त आएबाट चौबीसै घण्टा बस्यो । म एउटा पर्वतेलाई सेवा गर्नलाई एउटा तराइबासी डाक्टर आएको छ । आफनो हजारौ रुपैैँयाको आम्दानीलाई त्यागेर ।
अब नेवारहरुको कुरा गरौं । तपाईंले नेवार देखाउनुस्, जो दौडादौड गरेर बाहिर बस्न खोज्छ, काठमाडौं छोडेर । छन् कोई रु विदेशमा पैसा कमाए पनि यही बिहे गर्न आउँछन , त्यही गल्ली, कुचो फोहोरमैला भएको ठाउँमा नै घर
किन्छन्, यही बस्छन । एउटा यत्रो ठूलो ममता छ, आफ्नो देशका प्रति उनीहरुमा । फेरि नेवारहरुको कुरा गरेर त मलाई साध्य नै छैन, किनभने नेपाललाई चिनाउने कुरा भने उनीहरुको कला र इतिहासले नै बाहिरियालाई
नेपाल चिनाउँछ ।
मैले अस्ति एउटा किताब पढिरहेको थिए । त्यसमा के लेखिएको छ भने, दुनियामा यो ६ लाखको जनसंख्या भएको उपत्यकाले जति कलालाई योगदान दुनिया मा अरु कुनै शहरले गरेको छैन । उसले शहरहरुको नाम गनाएको छ । यसले तुलना हुन सक्छ फ्लोरेन्ससँ ग । इटालीमा फ्लोरेन्स
भन्ने छ, तर त्यो फ्लोरेन्सभन्दा पनि यहाँ जति कलाका कृतिहरु मन्दिरहरु, दरबारहरु, साना–साना मूर्तिहरु, कला, यी जो छन् यहाँ जो यिनीहरुको छ यहाँ देन त्यो आजसम्म इतिहासमा कही कुनै भएको छैन र
लाग्दछ, हरेक घरले योगदान गरेको छ । उसले यहा प्रमुख कलाका करिब २५ हजार कृतिहरु वर्णन गरेको छ । यहाँ ६ लाखको जनसङ्ख्याको अनुपातमा त्यो उत्कृष्ट २५ हजार कलालाई हेर्दा त्यसमा कति मानिसको योगदान छ र कति परिवारको योगदान छ । लाग्दछ, प्रत्येक परिवारले
एउटा न एउटा कलाकृतिमा योगदान गरेको छ । त्यसो हुनाले तराईको भनौं, काठमाडौंको भनौं वा पर्वतको भनौं, यस देशमा राष्ट्रियताको एउटा बडो बलियो आधार छ ।
मलाई आलोचना गर्दछन्, भन्दछन्– मेरो जीवन बडो विवादको भएको छ । पटक्कै भएको छैन मेरो विवादको जीवन । नेवारहरुको बिहे समारोहहरुमा जति मलाई आत्मीयता देखाउ“छन् तिनीहरु, दुलहा पक्षकाले होस् वा दुलही पक्षकाले
होस्, त्यति कुनै नेवारलाई देखाउ“दैनन्, गणेशमानजीलाई देखाउ“दैनन् । मेरो यो आफ्नो अनुभव छ । त्यस्तै अनुभव मेरा अरु जातीय समूहहरुमा पनि छ । त्यसो हुनाले जो एउटा कृत्रिम किसिमको विदेशबाट सञ्चालित र जुन तत्त्वलाई राजा
र प्रजामा मेल हु“दा खतरा हुन्छ, त्यो मात्रै एउटा कृत्रिम परिस्थितिको, झगडा र बेमेलका कुराहरु झिक्ने गर्दछ । वास्तविकता के छ भने, राष्ट्रियताको एउटा व्यापक आधार यस देशमा कायम छ । हामीहरुको कोशिस के हुनुपर्दछ भने यत्रो
ठूलो राष्ट्रियताको सञ्चिति छ, त्या े सञ्चितिलार्इ हामी समातौ त्यहासम्म हामी
पुगौ । बाहिरबाट हामीहरुलार्इ धमिल्याउन े जनु कोि शस भइरहके छ विदेशीको प्रभावबाट, त्यसबाट हामी बच्न े कोि शस गरौै । अखबारहरु, कनु ै पनि अखबार यस
पक्षमा, मैले बोलेको यस पक्षमा लेख्दैन । राष्ट्रियताको यत्रो धरातल छ, यत्रो ठूलो आधार छ, राष्ट्रियताको त्यसबारे कसैले बोल्दैन । यहाँ केवल झुटा कुराहरु मात्रै फैलाइन्छन् । त्यसो हुनाले मैले भनें नि, तपाईं एउटा राष्ट्रवादी अखबार देखेर आउनुस , म च्यालन्े ज गदर्छ ु तपाइर्लं र्इ र तपार्इ ं मलार्इ च्यालन्े ज गनर्हु न्ु छ भने
म प्रत्येक अखबारको पृष्ठभूमि बताउँ छु र कुन विदेशीबाट सञ्चालित अखबार, म
भनिदिन्छु । यहा ३०–४० ओटा अखबार निस्कन्छन् ।
यो कुरा बुझिदिएको खण्डमा, हरेकको मुखको मुकुण्डो झिकिदिएको खण्डमा यो धेरै गाह्रो हु“दैन, तर अस्ति, महाराजाधिराजको अगाडि एउटा मान्छेले मञ्चमा
उभिएर बोलेको थियो हामीलाई चुनौती दि“दै ।
महाराजाधिराजको अदूरदर्शिताले, राष्ट्रघाती काम जो पुस १ गतेका दिन महाराजाधिराजबाट भयो, जसले गर्दाखेरि अहिले यो परिस्थिति आएको छ । तर, त्या े परिस्थिति यस्ता े छनै , जसमाथि हामील विजय प्राप्त गर्न सक्दनै । त्यो
गर्नको निमित्त सचेत वर्गहरु अलि सचेत हुनुप¥यो, त्यो पहिलेको जस्तो हुनुभएन
र यो कुरो देख्न थाल्नुप¥यो । त्यो मान्छेलाई राजाले त्यसो भन्न लगाएको हो भन्ने भ्रममा हामी बस्न
भएन । त्यो मान्छले राजालार्इ औला ठड्याएको थियो जव कि राजा कता—कता प्रजातन्त्रतर्फ परिवर्तन खोजिरहेका थिए, कता–कता यो व्यवस्थालाई सिध्याउन
खोजेका थिए । यस बखतमा उसले राजालार्इ आल्ंै याएर भनेको थियो — हामीहरु
बलिका बोका हनु सक्दनै । कसले भनको थियो बलिका बोका ? े त्यही मान्छेपुस २ गतेका दिन भन्छ– कसरी मेलमिलाप हुन सक्छ, राजा र प्रजाको रु त्यसो भन्न त्या राजाका मान्छ हाइे न । या तपाइर्हं रुल बभु र्छ । राजा अलिकति
प्रजातन्त्रतर्फ झुक्न थाल्दा त्यो कसको आड पाएर भन्छ– हामी बलिको बकरा हुदनै । प्रजास“ग राजाले मिल्न खाज् दा ऊ औलंठड्याएर भन्छ– हामी बलिको बकरा हुदैनौ र तिनी गएका छन् पसु १ गतके कायत्र्र mम मनाउन । तिनीहरुको
पृष्ठभूि म हरनुस , तिनीहरुल बाले के हरनुृरस तपाइर्हं रुलार्इ थाहा हन्छ ती राजावादी हुन् कि होइनन् ?
४ पुस २०३८
साभार राजा, राष्ट्रिययता र राजनीतिबाट