समाचार

नयाँ एयरलाइन्स कम्पनीलाई काठमाडौैँबाट उडान अनुमति नदिइने

काठमाडौं÷ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नयाँ एयरलाइन्स कम्पनीलाई काठमाडौंबाट उडान अनुमति नदिइने बताउनुभएको छ । मन्त्री अधिकारीले पुराना एयरलाइन्स कम्पनीले थप्ने जहाजका लागि बेस उडान पनि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नदिन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो ।
 
विमानस्थलमा बढ्दो एयर ट्राफिक जाम न्यूनीकरणका लागि आन्तरिक उडानका केही उडान घटाउन समेत निर्देशन दिनुभयो । आन्तरिक उडानका केही उडान घटाएर अन्तर्रा्ष्ट्रियतर्फका जहाज आकाशमा होल्ड गर्नुपर्ने अवस्था कम गर्ने सरकारीको योजना छ । एक सय दिनको कार्यक्रम सार्वजनिक भएको एक महिनापछि अधिकारीले सबै निकायमा प्रमुखलाई मन्त्रालयमा बोलाएर कामको प्रगति विवरण माग्दै निर्देशन दिनुभएको हो ।
अधिकारीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुँदै आएको आन्तरिक उडानका लागि अर्को विमानस्थल निर्माण गर्न सकिने ठाउँको सम्भावना अध्ययन गरी अबको १४ दिन भित्र ठाउँ तोक्न पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिनुभयो । प्राधिकारणले भने काभ्रेको ठूली चौरको विकल्पमा पलाञ्चोक र नागीडाँडामा प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ।
विमानस्थ कार्यालले जेठ ७ गतेबाट २१ घन्टा विमानस्थल सञ्चालन गर्ने जानकारी गराएको छ । निजी हवाई सेवा प्रदायकले जस्तै नियमित रूपमा तालिकाअनुसार जहाज उडान गराउने गरी नेवानिको सुधार गर्न उनले कंसाकारलाई सुझाव दिनुभयो ्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button