समाचारवाग्मती प्रदेश

काठमाडौैँका मस्जिदमा पनि अनुगमन थालियो

९ बैशाख, काठमाडौ
उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मद्रसामा अनुगमन थालिएको छ । मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो । आज उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ ।
 
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले आज काठमाडौंको घण्टाघरस्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो। मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताउनुभयो । अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको भन्दै दुवै ठाउँमा चार चार जना धर्मगुरु, तीनका सहयोगी दुई दुई जना र दुई दुई जना कर्मचारी गरी आठआठ जना मात्र रहेको पाइएको मेयर शाक्यले बताउनुभयो ।
मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुर घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताउनुभयो । उदयपुरको एक मस्जिदमा बस्दै आएका १३ जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेपछि सरकारले देशभरका मस्जिदमा निगरानी बढाएको हो।

nema
Show More

Related Articles

Back to top button