breakingविचारवी पी विचारसमाचार

वीरगञ्ज नाका हुँदै एक वर्षमा ५९ अर्बको प्रशोधित तेल र पाँच अर्बको जुस निर्यात

वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा देशको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार नाका भएर ५९ अर्बभन्दा बढीको प्रशोधित तेल र पाँच अर्बभन्दा बढीको फलफूलको जुस निर्यात भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा नेपालबाट विदेशमा कुल ५९ अर्ब ९० करोड ९५ लाख ९१ हजार बराबरको प्रशोधित तेल निर्यात गरिएको छ।

जसमध्ये सबैभन्दा बढी भटमासको प्रशोधित तेल ३१ अर्ब ३१ करोड ३१ लख चार हजार बराबरको १२ करोड ४० लाख ९८ हजार ७२४ किलोग्राम निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

यसैगरी प्रशोधित पाम तेल २५ अर्ब ७८ करोड ७ लाख ३ हजार बराबरको कुल १२ करोड ७१ लाख ६९९ किलोग्राम र सूर्यमुखीको प्रशोधित तेल दुई अर्ब ८१ करोड ५७ लाख ८४ हजार बराबरको एक करोड ४२ लाख १८ हजार ४ सय किलोग्राम नेपालबाट विदेशमा निर्यात गरिएको छ।

वीरगञ्ज नाका भएर प्रशोधित तेलको निर्यातमध्ये भटमासको प्रशोधित तेलको निर्यात अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा गत आर्थिक वर्षमा घटेको छ।

अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाका भएर विदेशमा ३६ अर्ब ५ करोड १३ लाख ८५ हजार बराबरको १९ करोड ७३ लाख ३६ हजार ९६७ किलो ग्राम भटमासको तेल निर्यात भएको थियो। प्रशोधित पाम तेल र सूर्यमुखीको प्रशोधित तेलको निर्यात भने अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्षमा बढेको देखिन्छ।

अघिल्लो आर्थिक वर्षमा २ हजार ४८२ लिटर मात्रै प्रशोधित पाम तेलको निर्यात वीरगञ्ज नाका भएर गरिएको थियो भने एक अर्ब ८० करोड १८ लाख ८२ हजारको सूर्यमुखीकाे प्रशोधित तेल विदेशमा निर्यात भएको भन्सार कार्यालयले जारी गरेको तथ्याँकमा जनाईएको छ।

यसैगरी वीरगञ्ज नाका भएर नै गत आर्थिक वर्षमा पाँच अर्ब ९७ करोड ३२ लाख ७ हजार बराबरको एक करोड ४२ लाख १८ हजार ४ सय लिटर फलफूलको जुस निर्यात गरिएको छ। यो अघिल्लो आर्थिक वर्षभन्दा ४१ प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षमा यस नाका भएर ४ अर्ब २२ करोड ८८ लाख १४ हजार बराबरको ५ करोड ८० लाख ७ हजार ४९५ लिटर मात्रै फलफूलको जुस विदेशमा निर्यात गरिएको थियो।

यस नाका भएर डाबर कम्पनीले उत्पादन गरेका फलफूलका जुसहरू विदेशमा निर्यात हुने गरेको छ। वीरगञ्ज पथलैया औधोगिक कोरिडोरमा करिब एक दर्जनभन्दा बढी उधोगहरूले भारत तथा अन्य देशहरूबाट भटमास,सूर्यमुखी र पाम तेलको कच्चा पदार्थको आयात गरी प्रशोधन गरेर भारत नै निर्यात गर्दै आएका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button