समाचार

निलम्बित राष्ट्र बैैँकका डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न समिति गठन

१८ कात्तिक, काठमाडौैँ÷ बर्खास्तीको तयारी गरिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ । आज बिहान बैंकका गभर्नर चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले श्रेष्ठमाथि आवश्यक छानबिनि गरी प्रतिवेदन बुझाउनेछ । समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ । २०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेसबाट डिपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप लागेको छ । छानबिन समिति गठन भए सँगै श्रेष्ठ निलम्बन परेका छन्।

nema
Show More

Related Articles

Back to top button