समाचार
कञ्चनपुरमा दुखद् घटना
काठमाडौँ — किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि दुखद् घटना भएको गृह मन्त्रालयले जनाएको छ ।
उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।
प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा शुक्रबार महेन्द्रनगर, भगतपुरका १४ वर्षीय सन्नी खुनाको मृत्यु भएकोथियाे । शुक्रबारको घटनामा प्रहरीको गोली र लाठीचार्जबाट २४ जना घाइते भएका छन्।
गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो। बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका थिए।
प्रकाशित : भाद्र ९, २०७५ ०९:३५