breakingनेपाली कांग्रेस

मर्यादा क्रममा कांग्रेस सांसदको असन्तुष्टी

२३ माघ, काठमाडौैँ÷ सरकारले संशोधन गरेको मर्यादा क्रममा संघीय सांसद भन्दामाथि प्रदेशका मन्त्रीहरुलाई राखेकोमा कांग्रेसका सांसदले असन्तुष्टी जनाएका छन् ।

बुधबारको प्रतिनिधि सभाको शून्य समयमा सांसद देवेन्द्रराज कँडेलले संघीय संसदलाई प्रदेशका मन्त्रीभन्दा तल राख्नु न्यायोचित नभएको बताए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिका र नगरपालिका प्रमुखभन्दा तल राखिएकोमा पनि उनले असन्तुष्टि जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारीलाई गाउँ(नगरप्रमुखभन्दा तल राख्दा मनोबल गिरेको बताउँदै कँडेलले सच्याउनु पर्ने माग गरेका छन्।

राजनीतिक व्यक्ति केही समयसम्मका लागिमात्र हुने गरेको तर प्रमुख जिल्ला अधिकारी लामो समयसम्म रहने गरेकोले सिडिओलाई मेयरभन्दा माथि राख्नु पर्ने कँडेलको जिकिर छ ।

Show More

Related Articles

Back to top button