विश्व

इथियोपियाका प्रधानसेनापतिको हत्या

असार ८, २०७६÷ इथियोपियाका प्रधानसेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन्। टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको जानकारी दिए। सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिएका हुन। उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरू केही उच्च अधिकारीहरुको हत्या भएको छ। अम्हाराका सुरक्षा प्रमुखको नेतृत्वमा सैन्य विद्रोह भएको प्रारम्भिक विवरणमा उल्लेख छ। सैनिक विद्रोह भएका कारण इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button