समाचार

सुनको भाउले बनायो फेरी नयाँ रेकर्ड

काठमाडौ÷ सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । केही दिन स्थिर रहेको सुनको भाउ मंगलबार एक हजार रुपैयाँले बढेको छ।
मंगलबार छापावाल सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यसअघि तीनदिनसम्म सुन तोलाको ७० हजारमा कारोबार भएको थियो।
सुनको भाउमा लगातारको बृद्धिले यसपटकको चाडबाडमा सुनको कारोबार खासै नहुने संभावना देखिएको छ । सुनको भाउ उच्च भएपछि केही समयदेखि सुन पसलहरुमा ग्राहकको भिड घट्दै गएको छ ।
सुनसँगै चाँदीको भाउमा पनि बृद्धि भैरहेको छ। सोमबारभन्दा १० रुपैयाँ बढेर मंगलबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसैको असरले आन्तरिक बजारपनि प्रभावित भएको हो।
ट्रेड वार तथा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएपछि लगानीकर्ताहरु सुनतर्फ आकर्षित भएकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर बढ्दै विश्लेषण गरिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button