breakingसमाचार

कांग्रेस उपसभापति निधि भन्छन—नेपाल हिन्दुराष्ट्र हुन सक्दैन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल अब कहिल्यै हिन्दुराष्ट्र हुन नसक्ने दाबी गरेका छन् । कांग्रेसको दोस्रो जागरण अन्तरगत बिहिबार भएको पत्रकार सम्मेलनमा उपसभापति निधिले कांग्रेस हिन्दुराष्ट्रको पक्षमा नभएको पनि बताए । कांग्रेस नेतृत्वमा बनेको संविधानले धर्मनिरपेक्षता भनेको छ, संविधान अनुरुप राज्य धर्मनिरपेक्ष बनेको छ, कांग्रेसलाई धर्मनिरपेक्षता स्वीकार्य छ, —उनले भने ।
हाम्रो चारतारे झण्डामा धार्मिक स्वतन्त्रता छ त्यो भनेको धर्मनिरपेक्षता हो । तसर्थ, कांग्रेस त्यसको वीपरित हिन्दुराष्ट्रको पक्षमा जान सक्दैन ।
१७ भदौमा सकिएको पार्टी केन्द्रीय समिति बैठक र गत पुषमा सम्पन्न महासमिति बैठकमा काँगे्रसले हिन्दुराष्ट्रको एजेण्डा बोक्नुपर्ने विषय उठेको थियो । त्यसैको प्रतिकार गदै निधिले काँगे्रसले हिन्दुराष्ट्रको एजेण्डा बोकेर नहिड्ने बताएका हुन । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भने सार्वजनिक रुपमै हिन्दुराष्ट्रबारे जनमतसंग्रह हुनुपर्ने बताउँदै आएका छन् ।
नयाँपत्रिकाबाट साभार, शुक्रबार २० भदौ २०७६, पृष्ठ ५

nema
Show More

Related Articles

Back to top button