प्रदेश २ प्रदेशसभाको बैठक अनिश्चित
२८ पुष, काठमाडौैँ÷ प्रदेश २ प्रदेशसभाको बैठक तेस्रो पटक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अनिश्चीत कालका लागि स्थगित गरिएको हो ।
प्रदेश सभाले अर्को सुचना जारी नहुन्जेल सम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ । गत आर्थिक बर्ष मा संचालन गरिएका योजनाहरुको भुक्तानीको बिषयले बैठक निरन्तर प्रभावित भैरहेको छ ।
यस अघि बिहिबार र पुस १७ गते तोकिएको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो । त्यसअघि पुस १४ र १५ गते आह्वान गरिएको प्रदेशसभाको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतको बिरोधका कारण अवरुद्व भएको थियो । गत आर्थिक बर्ष २०७५र७६ मा संचालन गरिएका योजनाहरुको भुक्तानी पाउनुपर्ने माग राख्दै सांसदहरुले लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । गत बर्ष सञ्चालन गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ९१ करोड रुपैयाँ भुक्तानी हालसम्म हुन सकेको छैन ।