संस्था गतिबिधी

वी.पी विचार राष्ट्रिय समाजको बैठक सम्पन्न, दमौली कार्यक्रमको समिक्षा

२५ बैशाख, काठमाडौ÷ वी. पी. विचार राष्ट्रिय समाज कार्य सम्पादन समितिको वैठक मंगलवार सम्पन्न भएको छ । समाजको केन्द्रिय कार्यालय चण्डोलमा समाजका सभापति कुल वहादुर गुरुङ्ग.को सभापतित्वमा सम्पन्न भएको हो ।
वैठकले यहि बैशाष २१ गते तनहुंको दमौलीमा सम्पन्न भएको ४ नं प्रदेश स्तरीय भेलामा समाजका अध्यक्ष श्री कुल वहादुर गुरुडले प्रस्तुत गर्नु भएको विचार र कार्यक्रमको समिक्षा गरेको छ । वैठकमा देशको अन्य प्रदेसमा गरीन लागेको समाजका सभापतिको कार्यक्रमका वारेमा पनि समाजका सदस्यहरुले आफनो आफनो धारणा प्रस्तुत गर्नु भएको थियो ।
वैठकले वी.पी विचार राषटीय समाज महोत्तरीका सभापति एवं नेपाली कांग्रेस महोत्तरीका कोषाध्यक्ष किशोर कुमार सिंहको पिता नेपाली कांग्रेस महोत्तरीका सक्रिय कार्यकर्ता एवं पूर्व गा.वि.स अध्यक्ष राघवेन्द्र प्रताप सिंहको निधनमा दुख व्यक्त गर्दै शोक सन्तव्द परीवारमासमवेदना प्रकट गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button