अन्तर्वार्तानेपाली कांग्रेस

कुलबहादुरलाई सिध्याउन खोज्ने आफै सिद्धिन्छन—काँगे्रस नेता खेमराज सेढाई

वी.पी कोेइरालाको विचारलाई आम कार्यकर्ताको माझमा पु¥याएर नेपाली काँगे्रसलाई पहिलेकै अवस्थामा पु¥याउने उदेश्यले ७ वटै प्रदेशमा घोषणासभा गर्ने उदेश्यले देश दौडाहामा निस्किएका के.वी गुरुङले प्रदेश नंवर ३ मा पनि घोषणा सभा गर्ने भएका छन् । प्रदेश नंवर ४ को तनहुँबाट भब्य रुपमा अभियान सुरुवात भएपछि नेपाली काँगे्रसका कार्यकर्ताहरु हर्सित भएर पार्टीमा वी.पी को विचारलाई आत्मसाथ गराउने भन्दै कुलबहादुरलाई खुलेरै साथ दिन थालेका छन् ।
यसै सन्दर्भमा वी.पी विचार राष्ट्रिय समाजका प्रदेश नंवर ३ का संयोजक खेमराज सेढाईसंग प्रदेश नंवर ३ मा हुने घोषणा सभाको सन्दर्भको वी.पी. विचार डट कमले गरेको कुराकानी यहाँ प्रस्तुत छ ।
प्रदेश नंवर ४ को तनहुँमा वी.पी विचार राष्ट्रिय समाजले वी.पीको विचारलाई पार्टीमा स्थापित गराउन भन्दै गरेको घोषणा सभा कस्तो रह्यो ?
—हामीले विविध परिस्थितिको सामना गदै प्रदेश नंवर ४ अन्तर्गत तनहुँको तमौलीमा भएको घोषणा सभा सफल पा¥यौैँ । हामीले सोचेको भन्दा पनि बढि कार्यकर्ताहरु घोषणा सभामा उपस्थित भए । वर्तमान नेत्रृत्वले वी.पी को विचार छोडेर डनवाद र धनवाद अपनाएकाले निराश भएर बसेका कार्यकर्तालाई सभाले उर्जा प्रदान गरेको छ । नेपाली काँगे्रसका अग्रज नेता एवं पूर्व महामन्त्री के.वी गुरुङको नेतृत्वमा भएको प्रदेश नंवर ४ को घोषणा सभा सोचेभन्दा एकदमै सफल भएको भयो । बैशाख २१ गते भएको कार्यक्रमले पार्टीमा निराश भएर बसेका कार्यकर्तालाई उर्जा प्रदान गरेको छ ।
प्रदेश नंवर ३ मा कहिले घोषणा सभा हुन्छ ?
प्रदेश नंवर ३ मा पर्ने जिल्लाका कार्यकर्ताहरुले पनि वी.पी को विचारलाई पार्टीमा स्थापीत गराउनु प¥यो भनेर हामीलाई बारम्वार भन्ने गरेका छन् । हामी बैशाख २८ गते हुने कार्यसमितिको बैठकको निर्णय पश्चात चाँडै मिति घोषणा गछौैँ ।
नेपाली काँगे्रस भित्र दर्जनौ गुठ उपगुठ मौलाउँदै छ, वर्तमान नेतृत्वले त तपाईहरुको समाजलाई एउटा झुन्ड भन्छ क्यारे ?
—विल्कुल गलत, किनकी वी.पी विचार राष्ट्रिय समाज कुनै गुटउपगुट होइन । यो त वी.पी कोइरालाको विचारलाई पार्टीमा स्थापित गराउन भन्दै जम्मा भएका असली काँगे्रसीहरुको समूह हो । पार्टीभित्र वी.पीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई बलियो बनाउनु पर्छ लागेका काँगे्रसी कसरी गुट उपगुट हुन सक्छ । काँगे्रसभित्र बनेका अन्य गुट उपगुट जसले बनाएका छन उनैलाई सोध्नुस यी कुरा ।
उसो भए काँगे्रसको वर्तमान नेत्रृत्वले वी.पीको विचार अंगाल्न सकेन ?
विल्कुल सकेन, वर्तमान नेपाली काँगे्रसका सभापति शेरवहादुर देउवा नेतृत्वको काँगे्रसले डनबहादुर, धनबहादुर चरित्र देखाए । उनकै कारण पार्टीले निर्वाचनमा नराम्रोसंग हार ब्यहोर्न पुग्यो । विनाश काले विपरित बुद्धि भनेकै यहि हो । काँगे्रसले वी.पी को विचार अंगालेको भए पार्टी अहिले यति धेरै कमजोर बन्ने थिएन ।
यसो भन्दै गर्दा तपाईहरुको यति सानो समुहले कसरी वी.पी को विचार पार्टीमा स्थापित गराउन सक्नु हुन्छ ?
—हामी सानो छैनौ, अस्ति तनहुँको घोषणा सभा देख्नुभएन ? पार्टीमा वी.पीको विचारलाई अवलम्बन गराउन भन्दै श्रद्धेय नेता के.वी गुरुङको घोषणा सभामा पार्टीका निष्ठावान कार्यकर्ता ५ घण्टाको पैदल यात्रा गरेर कार्यक्रममा आएका छन् । कार्यक्रम पश्चात ७७ वटै जिल्लाबाट हामी तपाईहरुलाई साथ दिन्छौ भनेर हामीहरुलाई आग्रह गरिरहेका छौ । यसरीनै असली काँगे्रसहरुले साथ दिएमा पार्टीमा वी.पीको विचार स्थापित हुन्छ । ढुक्क हुनुस ।
सभापतिले तपाईहरुलाई पेलेर निमिट्यान्न पार्नु होला नि त ? वरिष्ठ नेता रामचन्द्र पौडेललाई त टिक्न सक्नुभएन ?
हामी वी.पी का सच्चा अनुयायी हौैँ । जवसम्म हामीमा वी.पी को विचार मदैन, हामीलाई कसैले निमिट्यान्न पार्नै सक्दैन । सत्यको जित एक दिन अवश्य हुन्छ । काँगे्रसले वी.पी जन्माएको होइन , वी.पी ले काँगे्रस जन्माएको हो भनेर । किनकी हामी के.वी गुरुङको छत्रछायामा अगाडि बढेका छौैँ । उहाँ यस्तो नेता हो जो वी.पीको सारथी हुनुहुन्थ्यो । के.वी दाईलाई निमिट्यान्न पार्न खोज्ने आफै सिद्धिन्छन ।
अन्त्यमा ?
अन्त्यमा तपाईले मेरो विचार राख्ने मौका दिनुभयो यसको लागि धन्यवाद । वी.पी को विचारलाई पार्टीमा अवलम्बन गर्नुपर्छ भनेर साथ दिने सम्पूर्ण कार्यकर्तालाई समेत धन्यवाद । अनि सबैमा के.वी गुरुङले सुरु गरेको अभियानमा साथ दिन समेत आग्रह गर्न चाहान्छु । हामी चाँडै प्रदेश नंवर ३ मा समेत घोषणा सभा गदैछौैँ । जय नेपाल ।

nema
Show More

Related Articles

Back to top button