समाचारअन्तर्वार्ता

बिदेशीले जबर्जस्ती थोपर्दिएको संघियता र धर्म निरिपेक्षता बोक्न बाध्य छन दलहरु, संघियता टिक्दैन (भिडियो)

प्रकाशित मिति : १३ असार २०७५, बुधबार

चीनले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षीलाई भेटपछि १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभको समझदारी कार्यान्वयन गर्न दुबै देश सहमत भएका छन् । रोड, रेल्वे लगायतलाई ‘ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेकबर्क’को फ्रेमवर्कमा अघि बढाउने दुवै देश प्रतिवद्ध रहेको वक्तव्यमा उल्लेख छ ।
राष्ट्रपति सीले नेपालको विकासका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत कुरा गरेको प्रधानमन्त्री ओलीलाई बताउंदै नेपालको राजनीतिक छनोट र नयां परिस्थितिप्रति निकै गम्भीरता मात्र देखाएन कि एक सम्पन्न देश बनाउनु पर्ने रोडम्यापको झल्को नै सीले ओलीलाई दिए ।प्रधानमन्त्री चिनको भ्रमण गरेर पनि फर्किसकेका छन् ।
यसभन्दा अगाडी भारतको भ्रमण गरेका थिए । दुवै देशको भ्रमण गरिसकेपछि जसरी भारत बाट फर्किदा प्रधानमन्त्री प्रसन्न भएका थिए । चिनबाट फर्कदा पनि उनि त्यस्तै प्रशन्न देखिएका छन् । तर उनले चित्र कोरेको रेल, पानी जहाज अन्य थुप्रै पुर्वाधारका यि कुराहरुमा चाही अलिकति चिसो भएको जस्तो देखिन्छ । भारतबाट फर्कदा उनि स्वयमले हतारो गरेर छिटै रेल ल्याउन सकिन्छ भनेका थिए ।
अहिले चिनबाट फर्कदा हतारमा रेल आउने कुरा होइन भनेर प्रधानमन्त्री स्वयमले भनेका छन् । यो बिषयमा फरक बहस पनि गर्न सकिन्छ । पुर्वाधारको सन्दर्भमा , बिकाशको सन्दर्भमा प्रधानमन्त्रीले भारत र चिन दुबै देशको भ्रमणपछि प्रधानमन्त्रीले ति दुवै देशको बिश्वास कति जित्न सकेका छन् । हिजोको चिसो सम्बन्धमा आज कतिको न्यानोपन आएको छ ।
त्यसले आन्तिरक राजनितिमा कस्तो प्रभाब पारेको छ । भन्ने बिषय लिएर खरो प्रश्नमा प्रकाश गिरीको बरिष्ठ पत्रकार युवराज गिरी सँगको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला ।

nema
Show More

Related Articles

Back to top button