समाचार

१०४ बर्षिय बैज्ञानिक गुडअलको स्वेच्छिक मृत्युवरण

२८ बैशाख, काठमाडौैँ ÷बोटनी र पर्यावरणका प्रख्यात वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गर्नुभएको छ । लण्डनमा जन्मिएका र अष्ट्रेलियामा बस्नुभएका गुडअललाई इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले उहाँको जीवन अन्त्य गर्न सहयोग गरेको थियो ।
 
एक्जिट इन्टरनेशनलका संस्थापक फिलिप नित्जेले गुडअलको मृत्यु भएको औपचारिक जानकारी दिनुभएको छ । वैज्ञानिक गुडअलले अन्तिम भोजनको रुपमा माछा र चिप्ससँगै चीजले बनेको केक खानुभएको थियो । उहाँले विथोवनको ‘ओड टु जोई’ संगीत सुन्नुभएको थियो । आफ्नो जिन्दगी अन्त्यका लागि उहाँले ३ मेमा अष्ट्रेलियास्थित घर छाडेर स्विटजरल्याण्ड जानुभएको थियो । कुनै गम्भीर प्रकारको रोग नभएका उहाँ जीवनको सम्मानजनक अन्त्य चाहन्छु भन्नुहुन्थ्यो । घर छाड्ने बेला आफ्ना परिवारसँग उहाँले आफ्नो स्वतन्त्रता खोसिदैछ भन्दै स्वेच्छिक मृत्युवरण रोजेको र यसबाट आफू खुसी रहेको बताउनुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button